पाँच महिनापछि आउँदै एमजीको नयाँ कार, रेन्ज १२ सय किलोमिटर माथि

काठमाडौं । विश्व बजारमा ईभी उत्पादनमा तिब्र ग्रोथ हासिल गरिरहेको मोरिस ग्यारेज (एमजी) ले पाँच महिनापछि नयाँ मोडल साइबरस्टर मोडल बजारमा ल्याउन लागेको छ । कम्पनीले सन् २०२३ को मार्च महिनामा साइबरस्टर सार्वजनिक गर्ने भएको हो ।

बेलायती ब्राण्डलाई चिनियाँ कम्पनी एसएआइसी ग्रुपले खरिद गरेसँगै नयाँ नयाँ मोडल बजारमा ल्याएर एमजीले आक्रमक बजार विस्तार गरिरहेको छ । कम्पनीले मुलान ह्याचव्याक कार केही दिन अघि मात्रै बजारमा ल्याएको थियो ।

विशेषत जेडएस ईभीको विक्रीबाट हौसिएको एमजीले नयाँ मोडल एकपछि अर्को बजारमा ल्याइरहेको छ । एमजीले सन् २०२१ मा आयोजना भएको संघाई मोटर शोमा साइबरस्टरको कन्सेप्ट सार्वजनिक गरेको थियो ।

‘बेस्पोक ईभी आर्किटेक्चर’मा तयार भएको साइबरस्टर मोडलले एक पटकको फुल चार्जमा १२ सय किलोमिटर माथि रेन्ज दिने बताइएको छ । तर, नयाँ साइबरस्टारमा रहेको टेक्नीकल डिटेल सार्वजनिक गरेको छैन ।

निकै तिब्र गतिमा कुद्न सक्ने यो ईभीले सून्यदेखि १०० किलोमिटरको स्पीड केबल ३ सेकेन्डमा भेट्टाउने छ । स्पोर्टस् कारको रुपमा बजारमा आउने साइबरस्टर निकै चर्चा पाउन थालेको मोडल हो ।


Back_to_top