काठमाडौं । नेपाल आयाल निगमले विद्युतीय कार खरिद गरेको छ । पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने एक मात्र विक्रेताले विद्युतीय कार खरिद गरेको हो ।
नेपाल आयाल निगमले ३ वटा विद्युतीय कार खरिदको लागि टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा सहभागी मध्ये बीवाइडी न्यू इ ६ खरिद गर्ने भएको हो । निगमले ३ वटा बीवाइडी इ६ को लागि १ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
सरकारले विद्युतीय साधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाउने रणनीति बनाए अनुसार आयाल निगमले किनेको विद्युतीय साधनको सांकेतिक महत्व धेरै हुने सरोकरवालाहरुको भनाई छ ।
निगमले खरिद सम्झौंता गरेको बीवाइडी इ६ नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय गाडी हो । ७२ किलोवाट आवर क्षमताको बीवाइडी ब्लेड ब्याट्री रहेको ई६ लाई सिंगल चार्जमा ५२१ किलोमिटर चलाउन सकिन्छ ।

निकै ठूलो साइज, ७० किलोवाट क्षमताको इलेक्ट्री मोटर, सबै किसिमका आधुनिक सुरक्षा फिचर उपलब्ध इ६ नेपाली बाटोमा राम्रै संख्यामा गुड्न थालेको मोडल हो ।


