काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले भारतमा जनवरी १३ तारिखबाट आयोजना हुने अटो एक्स्पो २०२३ मा धेरै नयाँ मोडलको साथमा दुई ईभी कन्सेप्ट पनि ल्याउन लागेको छ । कम्पनीले ल्याउने दुई ईभी कन्सेप्टमा आयोनीक ७ र हुन्डाई भेन्यू हुने अनुमान सुरु भएको हो ।
विशेषगरी भारतीय बजारमा टाटा नेक्सन र महिन्द्रा एक्सयूभीलाई ईभी सेग्मेन्टमा टक्कर दिन भेन्यूको प्लेटफर्ममा नयाँ मोडल आउन लागेको हो । यो नयाँ मोडलले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।
हुन्डाईले आफ्नो नयाँ मोडलका ईभी सबै आयोनीक ब्राण्ड नेममा बजारमा ल्याउन लागेको छ । तर, विश्वका धेरै बजारमा रुचाईएका ह्याचव्याक र कम्प्याक्ट एसयूभीलाई पनि ईभी बनाएर ल्याउने तयारी गरिरहेको छ ।
सम्भवत हुन्डाईले भेन्यू इलेक्ट्रीक भारतमा उत्पादन र विक्री गर्ने सबैभन्दा सानो एसयूभी हुनेछ । त्यसैगरी हुन्डाईले आफ्नो सर्वाधिक सफलहरु आई १० नियोस, क्रेटा, आई २० जस्ता मोडललाई ईभीमा ल्याउने छ ।
अटो एक्स्पोमा दुई कन्सेप्ट सावजनिक गर्ने विषयमा चर्चा भएपनि यसमा रहने मोटर, ब्याट्री लगायतका विषयमा कुनै जानकारी बाहिर आएको छैन ।


