हिरो मोटरसाइकलको आधिकारिक बिक्रेतामा सीजी मोटर्स, रुप ज्योतीको ३० वर्षे लिगेसीमा ब्रेक

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक वितरकमा सीजी मोटोर्स नियुक्त भएको छ । लामो समयदेखि हिरो मोटोकर्प र एनजीमबीचको मुद्धाले अन्योलमा रहेको हिरो व्रान्ड अब चौधरी ग्रुपमा गएको हो ।

सीजी मोटर्सले आज एक विज्ञप्ती सार्वजनिक गर्दै हिरोको नेपालमा आधिकारिक वितरकमा नियूक्त भएको जानकारी दिएको हो ।

उक्त सम्झौता पत्रमा उल्लेख भए अनुसार हिरो मोटोकर्पका ग्लोवल विजनेश हेड सञ्जय भानले नेपाली बजार हिरो मोटोकर्पका लागि अत्यावश्यक रहेको र निकट भविष्यमा नै हिरोको संजाल बढाएर नयाँ नयाँ उत्पादन ग्राहकहरु माझ ल्याउन हिरो मोटोकर्प तयार रहेको बताएका छन् ।

उक्त विज्ञप्तीमा नै कम्पनीले नेपालीमा अत्याधुनिक सुविधासम्पन्न एसेम्वल प्लान लगाउने समेत उल्लेख छ ।

रुप ज्योतीले हिरो मोटोकर्प विरुद्ध दर्जनौ मुद्धा दायर गरेर लामो समयसम्म हिरोका ग्राहकलाई सर्भिस तथा पार्टसको समस्यामा राखेका थिए । यसले रुप ज्योतीको हिरो मोटोपर्कसँगको ३० वर्षे सम्बन्ध झनै खराब बनाएको छ ।

हिरो मोटोकर्पका निर्देशक पवन मुञ्जालसँग रुप ज्योतीको पारिवारिक सम्बन्ध रहेको थियो ।


Back_to_top