चंगानको नेपालमा एक वर्ष, ईभी र एसयूभीको प्रतिक्षा बढ्दै

काठमाडौं । चिनियाँ ब्राण्ड चंगान अटोले नेपालमा एक वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लूले एक वर्ष पहिले चंगानको सेडान कार एल्सभिन नेपाल ल्याएर विक्री सुरु गरेको थियो ।

कम्पनीले एल्सभिनपछि हन्टर पीकअप नेपाल ल्याएको हो । लाइफस्टाइल पीकअपको रुपमा आएको हन्टरले राम्रो संख्यामा विक्री पाएको छ ।

सुरुवाती दिनमा सोल्टी होटेलको बाहिर एल्सभिन प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रमपछि नक्सालमा शोरुम र सितापाईलामा सर्भिस सेन्टर संचालनमा ल्याएको थियो । शोरुमभन्दा पहिला सर्भिस सेन्टर स्थापना गरेर चांगनले एउटा नयाँ सन्देश दिएको थियो ।

सेडान र पीकअपमा बलियो उपस्थिति बनाउन खोजेको चांगनले एसयूभी र विद्युतीय गाडीमा भने प्रबेश गर्न सकेको छैन । पहिलो वर्षको अनुभवपछि कम्पनीले एसयूभी र ईभी लिएर बजारमा आउने हो भने भोलिको लिनमा थप मजबुद बन्दै ब्यापार गर्न सक्ने देखिन्छ ।


Back_to_top