चांगनले देखायो टेस्लाको साइबर ट्रकजस्तै देखिने नेभो ई ०७

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीले चांगानले पहिलो मास प्रड्युस्ड (धेरै संख्यामा उत्पादन हुने) ट्रान्सफर्मिङ भेहिकल नेभो ई ०७ अनावरण गरेको छ ।

कम्पनीले चीनमा जारी बेइजिङ अटो शो २०२४ मा नेभो ई ०७ सोकेस गरेको हो । यो इलेक्ट्रीक क्रसओभर सजिलैसँग एसयूभीबाट पिकअप ट्रकमा परिणत गर्न सकिन्छ ।

नेभो चांगानको तीन इलेक्ट्रिक सबब्रान्ड मध्ये एक हो । यसबाहेक चांगानसँग दिपल र अवतार जस्ता इलेक्ट्रीक लक्जरी ब्राण्ड पनि छन् ।

रेन्ज एक्सटेन्डर (आरईईभी) र फुल्ली इलेक्ट्रीक (बीईभी) कन्फ्युगिरेसनमा उपलब्ध चांगान नेभो ई०७ ले १ हजार किलोमिटरसम्म रेञ्ज दिन्छ ।

चांगान नेभो ई ०७ सिंगल र डुअल मोटर भेरियन्टमा उपलब्ध हुनेछ । जसमा टर्नरी लिथियम ब्याट्री प्याक हुनेछ । २५२ किलोवाटको सिंगल इलेक्ट्रीक मोटर रहेको यस कार प्रतिघण्टा २०१ किलोमिटरको गतिमा ग्ड्न सक्छ ।

यसमा डुअल मोटर एडिसनमा फ्रन्ट र रियर इलेक्ट्रिक मोटर्स हुनेछ । जसले क्रमसः १८८ किलोवाट र २५२ किलोवाट पावर उत्पन्न गर्नेछ । फोर ह्विल ड्राइभ मोडेलमा टप स्पीड २१० किमी हुनेछ ।

चांगानको एसडीए प्लेटफर्ममा बनेको यो एसयूभीको लम्बाइ ५०४५ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १६४० एमएम रहने छ भने ह्वीलबेस ३१२० एमएम रहेको छ ।

नेभो ई०७ रियर डिजाइन पिकअप ट्रकको जस्तो आकार देखिन्छ भने साइड प्रोफाइलमा पिक ट्रकको जस्तो सिलहट देखिन्छ । यसले गाडीलाई टेस्ला साइबर ट्रक जस्तो देखाउँछ ।

नेभो ई०७ को इन्टेरियर मोडर्न र प्रिमियम देखिन्छ । यसको मटेरियल र बिल्ड क्वालिटी टप नच छ । विनसिल्डमा अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले छ । साथै पानोरामिक सनरुफ, हिटेड र भेन्टिलेटेड सिट तथा फ्रन्ट सिटको पछाडि ट्याब्लेट माउन्ट राखिएको छ ।

यो ईभी चीनमा यसै वर्षबाट बिक्री सुरू हुनेछ । त्यसपछि नेपालमा पनि आउने छ ।


Back_to_top