चेतक इलेक्ट्रीक स्कुटरको नयाँ बेस भेरियन्ट सार्वजनिक, मूल्य कति ?

काठमाडौं । बजाज अटोले चेतक इलेक्ट्रीक स्कुटरको नयाँ बेस भेरियन्ट मोडल सार्वजनिक गरेको छ ।कम्पनीले भारतीय बजारमा सस्तो भेरियन्टको रुपमा बजाज चेतकको २९०१ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न ५ कलर अप्सनसहित ९५ हजार ९९८ रुपैयाँ (एक्स शोरुम) मूल्यमा उक्त स्कुटर बजारमा ल्याएको हो ।

चेतक २९०१ इलेक्ट्रीक स्कुटर राइडरलाई आराम र सुविधाजनक राइड प्रदान गर्नका लागि फुल साइजको मेटल बडी डिजाइनमा तयार गरिएको कम्पनीले जनाएको छ ।

मोर्डन रेट्रो डिजाइनमा रहेको यस स्कुटरमा कलरफुल डिजिटल कन्सोल, अलोय ह्वील, एप सहितको ब्लुटूथ कनेक्टिभिटी सिस्टम पनि दिइएको छ । कम्पनीले फिचर प्याकेजको रूपमा यस स्कुटरमा टेक प्याक प्याकेज फिचर दिएको छ ।

टेकप्याक फिचर अन्तर्गत स्कुटरको हिल होल्ड, रिभर्स मोड, स्पोर्ट र इको मोड, कल एसएमएस कन्ट्रोल, म्युजिक सिस्टम कन्ट्रोल र फलो मी होम लाइटहरू लगायतका अन्य फिचरहरू पनि पाउन सकिन्छ ।

एक पटकको फुलचार्जमा चेतक २९०१ स्कुटरले १२३ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यो रेन्ज एआरएआइ सर्टिफाइड रहेको छ । यो स्कुटरलाई एकपटक फुलचार्ज गर्न करिब ६ घण्टा समय लाग्नेछ । यसको टप स्पीड ६३ किलोमिटर प्रतिघण्टा रहेको छ ।


Back_to_top