विद्युतीय कारको पावर हाउसमै सुस्तायो बिक्री

काठमाडौं । विद्युतीय कारको पावर हाउस मानिने चिनियाँ इलेक्ट्रीक कार बजार जनवरीबाट सुस्त देखिएकोमा फेब्रुअरी आइपुग्दा सिथिल बनेको छ ।  उसोत जनवरी अन्तिमदेखि फेब्रुअरीको तीन सातालाई चिनियाँहरु नयाँ वर्ष पर्वको रुपमा मनाउँछन् ।

बिक्रीको हिसावले अघिल्लो वर्षको फेब्रुअरीको तुलनमा झण्डै २२ प्रतिशतले इलेक्ट्रीक कारको बिक्री घटेको देखिन्छ । जबकी यहि अवधिमा कुल कारको बिक्री भने बढेको तथ्यांक सार्वजनिक भएको छ । फेब्रुअरीमा २ लाख ८३ हजार यूनिट खुद्रा बिक्री भएको हो ।

फेब्रुअरी महिनामा बीवाइडीले ५४ हजार ९०८ यूनिट प्योर ईभी बिक्री गरेको हो । यो संख्या अघिल्लो वर्षको सोहि महिनाको भन्दा ३९.४२ प्रतिशतले कम हो । कम्पनीले फेब्रुअरीमा २३ हजार २९१ यूनिट प्योर इलेक्ट्रीक कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेको देखिन्छ ।

त्यस्तै पछिल्ला दिनमा आक्रमक बजार बिस्तारमा देखिएको जीएसी एवोनले फेब्रूअरीमा ८ हजार ५२६ यूनिट इलेक्ट्रीक गाडी बिक्री गरेको छ । कम्पनीले जनवरीमा १६ हजार ३१ यूनिट बिक्री गरेको थियो । जनवरीको तुलनामा फेब्रुअरीमा ४६.८ प्रतिशतले ईभीको बिक्री घटेको हो ।

एलआई अटोले फेब्रुअरीमा २० हजार २५१ वटा ईभी बिक्री गरेको छ । जुन जनवरीको तुलनामा ३५ प्रतिशतले कम हो । त्यस्तै नियोको बिक्री १९ प्रतिशतले घटेर ८ हजार १३२ यूनिटमा सिमित भएको छ । एक्सपेङको बिक्री पनि ४५ प्रतिशतले घटेर ४ हजार ५४५ यूनिटमा सिमित भएको देखिन्छ ।


Back_to_top