नेपाल आउने भयो ३६० डिग्री क्यामेरा भएको इलेक्ट्रीक माइक्रो बस

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेश ग्रुपले ल्याउने भएको छ । सीएचटीसीले उत्पादन गरेको ११ र १४ सिट क्षमताका माइक्रो भ्यान नेपाल आउने भएको हो ।

ब्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी दिएको छ । यी माइक्रोभ्यान अपिल अन्त्यसम्ममा बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

चिनियाँँ सरकारी स्वामित्वको सीएचटीसीका उत्पादनमा ६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी रहने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथ नेपाल आउने माइक्रोभ्यानमा ४१.८६ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसलाई सिंगल चार्जमा २८५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

यी माइक्रो भ्यानमा २०५ एमएम ग्राउण्ड क्लियरेन्स, लेदर सिट र फराकिलो लेग स्पेस र ३६० डिग्री क्यामरा पनि पाउन सकिन्छ । यी फिचर अहिले बजारमा उपलब्ध कुनैपनि भ्यानमा नरहेको मेगा बिजनेश ग्रुपको दावी छ ।


Back_to_top