बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ ब्याजदर

काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंक बीच बुधबार एक सम्झौता भएको छ । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने ब्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

सम्झौंता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । बैंकसँगको सम्झौंता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ एमपीभी नेपालमा विक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो ।

साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको छ ।


Back_to_top