बीवाइडीले थप्ने भयो ३० स्थानमा नयाँ फास्ट चार्जर

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले देशभर ६३ स्थानमा फास्ट चार्जर जडान गर्ने भएको छ । कम्पनीले आवश्यकताको आधारमा केही महिना भित्रै ३० स्थानमा चार्जर जडान गर्ने भएको हो ।

कम्पनीले अहिले संचालनमा ल्याइसकेको २३ वटा चार्जिङ नेटवर्क छ भने यहि महिना भित्रै १० स्थानमा संचालनमा आउने छ । उपत्यकामा आयोजना गरेको एक विशेष कार्यक्रममा साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

‘बीवाइडी ईभीको लागि आवश्यक पूर्वाधार निर्माणमा सुरुदेखि लगानी गर्न कटिवद्ध रहेको कम्पनी हो । हामीले सुरुमा फास्ट एसी चार्जरको नेटवर्क निर्माण गरेका थियौं । अहिले फास्ट डिसी चार्जर जडान गरिरहेका छौं । अझै थप ३० स्थानमा यहि वर्ष जडान गर्ने योजना बनाएको छौं’, सीईओ श्रेष्ठले भने ।

नेपालमा बीवाइडीले सधैँ ग्राहकलाई कम्प्लीट सर्भिस दिने हिसावले काम गर्दै आएको बताउँदै श्रेष्ठले भने, ‘बीवाइडीको टेक्नोलोजी र प्रोडक्टको कारण नै आजको सफलता हात लागेको हो । हामीले ग्राहक खोज्नुभन्दा हाम्रो गाडी चढ्ने ग्राहकले नै अरु ग्राहक थप्न सहयोग गर्दिनु भएको छ ।’

नेपालमा विद्युतीय कारको उपभोग पछिल्ला ५ वर्षमा जुन हिसावले बढेको छ । त्यसले यूरोपका धेरै ईभी बिक्री हुने देशलाई लगभग भेट्टाएको बताउँदै सीईओ श्रेष्ठले भने, ‘यो खुसीको क्षण हो । यसमा हामी सबै खुसी भएका छौं ।’

कार्यक्रममा बीवाइडी एशिया प्यासेफिक क्षेत्र हेर्ने सेल्सका जनरल म्यानेजर लू सान लगायत टीमको उपस्थिति थियो । एक वर्षभरी उत्कृष्ट सेल्स र सर्भिसमा काम गर्ने कर्मचारीलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् । साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।


Back_to_top