सेरेसका तीन सय गाडी नेपालमा

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसका उत्पादन सेरेस थ्री र सेरेस ई-१ गरेर नेपाली बजारमा ३०० यूनिट पुगेको कम्पनीले जनाएको छ । गत भदौंमा ब्राण्ड लन्च भएको सेरेसले बिक्री सुरु गरेको ८ महिनामै ३०० यूनिट बिक्री गरेको हो ।

‘हामीले छोटो समयमा नै ३०० यूनिट बिक्री गर्न सफल भएका छौं । यसले समग्र बजारमा ईभी प्रतिको ग्राहकको चाहना र उच्च ग्राउन्ड क्लियरेन्स भएका ईभीको माग प्रमुख कारण हो’ कम्पनीका बीजनेश हेड प्रसन्न पन्तले भने ।

अहिलेसम्म २४८ यूनिट सेरेस थ्री र ५२ यूनिट सेरेस ई-१ आयात भएको भन्सार तथ्यांकमा पनि देख्न सकिन्छ । निकै बलियो निर्माण, गुणस्तरीयत मेटेरियलको प्रयोग, पर्फेक्ट एसयूभी लुक्स, राम्रो रेन्ज र उच्च ग्राउन्ड क्लियरेन्स भएको कारण सेरेस थ्रीले ग्राहकको मन जित्न सफल भएको हो ।

त्यसैगरी, सानो सेरेस ई-१ पृथक डिजाइन र सहरी क्षेत्रको ट्राफिकमा चलाउन सहज भएको कारण धेरै मानिसले मन पराएका हुन् । मूल्यको हिसावले पनि ई-१ उत्कृष्ट रहेको थियो ।

दुबै मोडलको सहायताले सेरेसले नेपालमा ३०० यूनिट बिक्री गर्न सफल भएको हो । कम्पनीले चाँडै नयाँ मोडलहरु ल्याउने अनुमान गरिएको छ ।


Back_to_top