काठमाडौं । सिट्रोनको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले आफ्नो भारतमा उत्पादन भएको सीथ्री र ईसीथ्री दुबै मोडलमा स्कीम दिएको छ । कम्पनीले नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षीत गर्दै स्कीम संचालनमा ल्याएको हो ।
कम्पनीले ल्याएको स्कीममा पेट्रोलबाट चल्ने सीथ्री किन्ने ग्राहकले ४ वर्षको लागि निःशुल्क पेट्रोल पाउने छन् । त्यसको अलावा ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार खर्च, एक वर्षको पूर्ण बीमा र एक वर्षकै वार्षिक कर पाउने छन् ।
पेट्रोल कारमा धेरै डाउन पेमेन्ट गर्नु भएपनि कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमा नै कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।
पेट्रोल कारकोभन्दा फरक स्कीम इलेक्ट्रीक कारमा पाउन सकिन्छ । इलेक्ट्रीक सीथ्रीमा दिइने छुटलाई कम्पनीले घोषणा गरेको छैन । तर, विशेष चाडपर्व छुट भनेको छ । साथै, एक वर्षको बीमा र एक वर्षकै वार्षिक कर दिने कम्पनीले जनाएको छ ।
इलेक्ट्रीक सीथ्री साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार तोकिएको छ ।

