काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले आफ्नो केई ब्राण्डको पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको तीनकुनेमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर नामबाट संचलनमा आएको यहाँ केई ब्राण्डका सवारीसाधनले सर्भिस सुविधा पाउने छन् । कम्पनीले केईको शो रुम भने नक्शाल भाटभटेनी नजिकै संचालनमा ल्याएको थियो ।
बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरण बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता इक्यूपमेन्ट जडान गरिएको छ ।
सर्भिस सेन्टरमा काम गर्ने सबै प्राविधिकहरु ईभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्। सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने कम्पनीले जनाएको छ ।

