काठमाडौं । सिट्रोन ईसीथ्री इलेक्ट्रीक कारको साइन भेरियन्ट दुई साताअघि बिक्री सुरु भएको हो । यसअघि फिल भेरियन्टमा उपलब्ध ईसीथ्रीको साइन भेरियन्ट केही फिचर थप भएर आएको मोडल हो ।
सिट्रोन ईसीथ्री फ्रान्सेली कम्पनीको उत्पादन हो । यसलाई स्टेलान्टीस ग्रुपले भारतमा उत्पादन गर्दै आएको छ । भारतीय उत्पादनलाई हामीले नेपाल चीन बोर्डर रसुवागढीसम्म चलाएका थियौं ।
पछिल्लो समय चीनमा उत्पादन भएको कारहरु रसुवागढी नाका हुँदै काठमाडौं आइरहेका छन् । हामीले पनि भारतमा उत्पादन भएको ईसीथ्रीलाई बोर्डरसम्म चलाउने निधो गरेर लगेका थियौं ।
काठमाडौं-टोखा-छहरे-बट्टार-बेत्रावती-कालिकास्थान-धुन्चे-स्याफ्रुवेसी हुँदै रसुवागढी नाकासम्म हामीले यसलाई चलाएर हेरेका छौं । यसको डिटेल भिडियो र टेष्ट ड्राइभ अनुभव केही दिनमै सार्वजनिक गर्नेछौं ।