लिप मोटर्सको लागि नाडा अटो शोमा स्टल बुकिङ

काठमाडौं । चिनियाँ ब्राण्ड लिप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर नियुक्त भएको देखिन्छ । यसअघि वाणिज्य विकास प्रालि नामबाट एक यूनिट लिप मोटर्सको टी-०१ मोडल आएको थियो । तर, नाडा अटो शो २०२४ मा साँग्रिला मोटर्सले लिप मोटर्सको लागि स्टल बुकिङ गरेसँगै आयातकर्ता फेरिएको अनुमान गर्न सकिन्छ ।

साँग्रिला मोटर्स स्टेलान्टीस समूहले उत्पादन गरेको गाडीहरुको आधिकारीक बिक्रेता हो । स्टेलान्टीसले लिप मोटर्समा लगानी गरेसँगै अन्तर्राष्ट्रिय बजार हेर्ने जिम्मा उसले पाएको थियो । यस्तोमा लिप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले पाएको हुनसक्छ ।

लिप मोटर्सको ह्याचव्याक कार नेपाली बजारमा पनि परीक्षण भइसकेको कारण नाडा अटो शो मार्फत त्यसको विक्री सुरु हुन सक्ने देखिन्छ । नाडामा लिप मोटर्सको लागि स्टल बुकिङ गरेपनि साँग्रिला मोटर्सले आधिकारीक घोषणा भने गरेको छैन ।

यस पटकको नाडा अटो शोमा करिब एक दर्जन नयाँ ब्राण्डका उत्पादनहरु बिक्री सुरु हुँदैछन् । त्यसमा ८ भन्दा धेरै ब्राण्ड साना चार पाङ्ग्रे साधनको नै हुने भएको छ । त्यसपछि थुप्रै लाइट कमर्शियल मोडल पनि आउँदैछन् ।


Back_to_top