काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२४’को स्टल बाँडफाँड आज हुने भएको छ । एशोसिएशनले सबै बुकिङकर्ताहरुलाई बोलाएर गोला प्रथाबाट स्टल दिन लागेको हो ।
अटो शोमा २१ ब्राण्डले कार प्रदर्शनी गर्ने भएका छन् । यसपटक भारतीय उत्पादनको न्यून उपस्थिति रहने भएको छ । अधिकांश नयाँ चिनियाँ ब्राण्डले पहिलो पटक अटो शोमा सहभागिता जनाउँदै छन् । दिपल, सेरेस र नामी जस्ता ब्राण्ड लिएर एमएडब्लू अटोकर्प अटो शोमा हुनेछ ।
त्यस्तै नेटा, एवोन, एक्सपेङ, अवतार, रेडारा जस्ता ब्राण्डसहित सिजी मोटर्स अटो शोमा सहभागिता हुँदा जिकर, ओमोडा, जेको जस्ता ब्राण्डले अटो शोमा सहभागिता जनाउँदै छन् ।
हुन्डाई, सुजुकी, किया, बीवाइडी र टाटाले पुराना ब्राण्डको प्रतिनिधित्व गर्दै अटो शोमा भाग लिँदा स्काइवेल, काई, सिट्रोन, एमजी, भोल्ट्स र लिप मोटर्सले पनि आफुलाई बलियो देखाउने गरी अटो शोमा सहभागिता हुँदैछन् ।
लाइट कर्मशियल सेग्मेन्टमा केवाइसी, किङलङ, एसआरएम, गोनाओ, विलिङ, स्काईवर्थ, कामा, डिएफएसके, बीएडब्लू जस्ता ब्राण्डले सहभागिता जनाउँदै छन् ।
दुई पाङ्ग्रे साधनमा बजाज, केटीएम, रोयल इनफिल्ड, एथर, याडिया, भेष्पा सीएफमोटो, गारो, एनआईयू लगायत ब्राण्ड छन् ।