बुगाटीले देखायो प्रतिघन्टा ४४५ किलोमिटरको स्पीडमा दौडने हाइपर कार

काठमाडौं । सुपर स्पोट्स कार ब्राण्ड बुगाटीले नयाँ हाइपर कार ‘टुरबिअन’ देखाएको छ । यो हाइब्रिड हाइपर कारमा १६ सिलिण्डर भएको पेट्रोल इन्जिन दिइएको छ । साथै, ३ वटा इलेक्ट्रीक मोटर पनि प्रयोग गरिएको छ । त्यसैले हाइपर कारको टपस्पीड ४४५ किलोमिटर प्रतिघण्टा पुग्छ ।

टुरबीअन हाइपर कारमा ८.३ लिटर पेट्रोल इन्जिन रहेको छ । जसले अधिकतम ९५०० आरपीएममा एक हजार हर्सपावर र ९०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो कारमा टर्बो चार्जर प्रयोग भएको छैन ।

पेट्रोल इन्जिनको अलावा कारको फ्रन्ट एक्सलमा २ वटा इलेक्ट्रीक मोटर र रियरमा थप १ इलेक्ट्रीक मोटर दिइएको छ । हाइब्रिड भएको कारण यसमा २५ किलोवाट अवारको ब्याट्री प्याक रहने छ ।

बुगाटी टुरबीअन हाइपर कारको पेट्रोल र इलेक्ट्री मोटरको कम्बाइन पावर १ हजार ८०० पीएस हुनेछ । कारलाई शून्यबाट १०० को स्पीडमा दौडाउन मात्र २.० सेकेन्ड लाग्छ । यस कारको स्पीड ५ सेकेन्डमा २०० किलोमिटर, १० सेकेन्डमा ३०० किलोमिटर तथा २५ सेकेन्डमा ३८० किलोमिटर प्रतिघण्टा गुड्न सक्छ ।

यस हाइपर कारमा रहेको रियर विङ तल झारेपछि भने यसको स्पीड प्रतिघण्टा ४४५ किलोमिटरसम्म पुग्छ । हाइब्रिड पावरट्रेन भएपनि कारको तौल भने बुगाटीकै अर्को मोडल चिरोनभन्दा हलुका रहेको छ ।

इलेक्ट्रीक मोडमा नै ६० किलोमिटरसम्म चलाउन सकिने भएको कारण सहरी क्षेत्रमा पेट्रोल इन्जिनको प्रयोग धेरै गर्नु पर्दैन । यो हाइब्रिड कार ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो ।

हाइपर कार भएपनि यसमा आधुनिक सबै फिचरहरु छन् । यसको ड्राइभर इन्फर्मेसन प्यान सुइस वाचको जस्तो एनलग डिजाइनमा रहेको छ । यसको सेन्टर कन्सोलमा एल्मुनीयम सुइच तथा रोटरी डायल दिएको छ । डिजिटल स्कृन भने सेन्टर कन्सोलको माथि हिडन रहेको छ । अवस्यकताको समयमा स्कृनलाई चाहेको बेलामा कमाण्ड दिएर माथि ल्यान सकिन्छ ।

यो कार अहिले देखाएको भएपनि परीक्षणकै क्रममा छ । यसको बिक्री सन् २०२६ भित्रै सुरु हुनेछ । सुरुमा २५० यूनिट मात्र बन्ने बुगाटीको टुरबीअन हाइपर कारको मूल्य उत्पादन हुनेछ । यो कारको शुरुवाती मूल्य करिब ४ मिलियन डलर (५३ करोड २० लाख रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।


Back_to_top