अटो शोमा मुख्य हल भित्र अटाएका ११ ब्राण्ड (सूचीसहित)

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटो शो २०२४ को स्टल बाँडफाँड सम्पन्न गरेको छ । नाडाले गोला प्रथाबाट स्टल छुट्टाएको हो ।

यसरी स्टल छुट्टाउदा मुख्य प्रदर्शनी हल भित्र ११ ब्राण्डले स्थान पाएका छन् । जसमा स्टल मार्किङ अनुसार एक नम्बर स्टल टाटाले पाएको छ । दुई नम्बर स्टल हुन्डाईले पाउँदा तीन नम्बर स्टल नेटाले पाएको हो ।

चार नम्बर स्टल स्काइवेल, पाँच नम्बर स्टल जीएसी एवोन, छ नम्बर स्टल सेरेसले पाउँदा सात नम्बर स्टल डोङफेङ नामीले पाएको हो । आठ नम्बर स्टल लिप मोटरको भागमा पर्दा रेडारा पीकअप ब्राण्डले नवौं नम्बर स्टल हात पारेको छ ।

किया र सिट्रोन पनि मुख्य हल भित्र अटाएका छन् । कियाले दस नम्बरको स्टल पाउँदा सिट्रोनले एघार नम्बरको स्टल पाएको हो ।

यी बाहेक अन्य ब्राण्डले बाहिर डोममा स्टल बनाउनु पर्नेछ । जसमा एक्सपेङ, अवतार, दिपल, जिकर, काई, सुजुकी, बीवाइडी, ओमोडा, एमजी र भोल्ट्स ब्राण्ड छन् ।


Back_to_top