बजाजको पहिलो स्कुटर नाडा अटो शो २०२४ मा सार्वजनिक हुने

काठमाडौं । बाजजले पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने पक्का भएको हो ।

कम्पनीले आगामी भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शोमा चेतक सार्वजनिक गर्ने भएको हो । कम्पनीले इलेक्ट्रीक स्कुटरका लागि स्टल बुक गरेसँगै यसको पुष्टि भएको हो ।

कम्पनी स्रोतका अनुसार बजाज चेतक नेपालमा परीक्षण भइरहेको छ । यसलाई नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीले चेतक प्रर्दशनीको लागि छुट्टै स्टल बुक गराएको हो ।

यस्तो छ बजाज चेतक इलेक्ट्रीक

बजाजले चेतकमा ३।८ किलोवाटको इलेक्ट्रीक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ ।

स्कुटरलाई सामान्य घरायसी विद्युतले फुलचार्ज गर्न ५ घण्टा लाग्ने छ । फुलचार्ज गरेपछि ८५ देखि ९० किलोमिटर गुडाउन सकिन्छ ।

पछिल्लो समय कम्पनीले चेतकको विभिन्न भेरियन्ट सार्वजनिक गरिसकेको छ भने, अटो शोमा कुन भेरियन्ट सार्वजनिक हुँदैछ भन्ने यकिन जानकारी बाहिर आएको छैन् ।

चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलईडी डीआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलईडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।

यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । स्प्लीट स्टाइल एलईडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटूथ कनेक्टिभिटीको फिचर दिइएको छ । क्लष्टरमा नै फोन कल, म्यासेज नोटिफिकेशन, टर्न बाइ टर्न नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top