क्लासिक स्कुटरको बजार हिस्सा बढ्दै, युवाको पहिलो रोजाई

काठमाडौं । मानिसको पहिलो प्राथमिकता आवश्यकता परिपूर्ती नै हुन्छ ।
उत्पादनहरु पनि त्यही अनुसार बजारमा आउने गर्छन् । जब आवश्यकताको लागि नभइ
उपयोगिताको लागि सामान खोजी हुन्छ अनि त्यहाँ विलासीता र स्टाइलिस्टको खोजी हुन्छ
 


यो कुरा चाहे पहिरनमा
होस् या सवारीसाधन हरेकमा लागु हुन्छ । सवारीमा पनि चारपांग्रेमा मात्र होइन
दुईपांग्रेमा समेत आकर्षित हुन्छ । विगतमा स्कुटर भए हुन्थ्यो भने अहिले अरुले
प्रयोग गर्ने भन्दा भिन्न र स्टाइलिस्ट स्कुटर रोज्ने जमात बढ्दै गइरहेको छ ।
त्यसमा पनि युवापुस्ता यस तर्फ बढी आकर्षित छ ।
 


त्यसैले नेपालमा क्लासिक/स्टाइलिस्ट स्कुटरको माग दिनदिनै बढ्दै गइरहेको
व्यवसायीहरुको भनाइ छ । नेपालमा मुख्य गरि यस्ता क्लासिक स्कुटर भेस्पा
, स्कोमादी र एमलएमएलले उपलब्ध गराएका छन् ।

 

युवा वर्गको रोजाइमा सधैं
नयाँ र भिन्न नै हुने गरेको छ । रेट्रो लुक्स/
क्लासिक स्कुटरले यस्ता युवाहरुलाई आकर्षित गर्दै आएको छ । स्कुटरको
इतिहास नै भेस्पाबाट सुरु भएको बताइन्छ । इटालीमा सन् १९४६ मा भेस्पा कम्पनी
स्थापना भएको हो ।
भेस्पाएक
प्रकारको किरा हो यसलाई अंग्रेजीमा वेस्प भनिन्छ । उक्त
भेस्पा
किराको आकारबाट प्रभावित भइ डिजाइन गरिएकाले उक्त स्कुटरको नाम नै
भेस्पा राखिएको हो । रेट्रो लुक/
क्लासिक क्लुक भएका अधिकांश
स्कुटर कम्पनीहरु भेस्पाबाट नै प्रभावित भएर डिजाइन भएको जानकारहरु बताउँछन् ।
 


Back_to_top