हुन्डाई क्रेटा पनि ईभीमा, सन् २०२५ देखि बिक्रीमा आउने

काठमाडौं । दक्षिण कोरियाको अटोमोबाइल कम्पनी हुन्डाईले सन् २०२८ सम्ममा भारतका लागि ६ वटा नयाँ इलेक्ट्रीक भेहिकल (ईभी) ल्याउने योजना बनाएको छ ।

यसका लागि कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्न ४ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यो रेन्जमा कम्पनीले विभिन्न सेगमेन्टमा ब्याट्री इलेक्ट्रीक भेहिकल ‘बीईभी’, एसयूभी, सेडान र सीयूभी समावेश गर्ने जनाएको छ ।

आगामी जनवरी १३ देखि १८ सम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३मा हुन्डाई मोटर इन्डियाले कोरियामा उत्पादन भएको शोस्टपर आयोनिक ५ र आयोनिक ६ सार्वजनिक गर्नेछ ।

यसैबीच, हुन्डाईले पहिलो मास मार्केट ईभी इलेक्ट्रीक क्रेटाको पनि विकास गर्न सुरू गरेको छ । यो इलेक्ट्रीक एसयूभीले ३५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले खुलासा गरेको हो ।

हुन्डाईले भारतीय बजारमा ईभीका लागि टपडाउन अप्रोच अनुसार काम गर्ने भएको हो । भारतमा उत्पादन हुने ईभी पनि ईजीएमपी प्ल्याटपफमर्मै उत्पादन हुनेछ । तर, भारतीय उत्पादनमा यो प्ल्याटपफमएमा धेरै मात्रामा लोकलाइज हुन बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार, आन्तरिक रुपमा एसयू २ आइ ईभीको नामले चिनिने हुन्डाई क्रेटा ईभी सन् २०२४ को अन्त्यसम्ममा उत्पादनमा प्रवेश गर्न सक्छ । हुन्डाईको नयाँ इलेक्ट्रीक एसयूभी मारुती सुजुकीको वाइवाइ ८ ईभीसँग प्रतिस्पर्धा गर्नेछ, जुन २०२३ को अटो एक्स्पोमा सार्वजनिक हुनेछ ।

भारतमा हुन्डाई क्रेटा ईभीको बेस मोडलको मूल्य १५ लाख रुपैयाँ र टप–एन्ड भेरियन्टको मूल्य ३० लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।


Back_to_top