काठमाडौं । विद्युतीय कार बजारमा बढ्दो प्रतिस्पर्धा हामीले देखेकै छौं । त्यसमा पनि ५० लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म मूल्य भएका गाडीको सेग्मेन्टमा अझ कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
यही सेग्मेन्टमा दीपलले एस-०५ एसयूभी नेपाली बजारमा प्रवेश गराउने भएको हो । दीपल एस-०५ एक प्रिमियम फिचर र आकर्षक लुक भएको मोडल हो । त्यसैले यसले थाइल्याण्डमा लन्च भएको पहिलो महिनामै २१ हजार युनिट बुकिङ पाएको थियो ।
नाडा अटो शो २०२५ मा एमएडब्लू वृद्धिले दीपल एस-०५ सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले टेस्टिङ भेहिकलको रूपमा केही युनिट आगामी सातासम्ममा काठमाडौं ल्याउने जनाएको छ ।
‘हामी नयाँ मोडलसँग निकै उत्साहित छौं । थाइल्याण्डमा उत्पादन भएको एस-०५ त्यहाँको स्थानीय बजारमा सफल भएसँगै नेपाल आउन लागेको हो । त्यसैले नेपाली उपभोक्ता बीच यसले नयाँ बेन्चमार्क कायम गर्ने कुरामा हामी विश्वस्त छौं’, एमएडब्लू स्रोतले भन्यो ।
दीपलको पहिलो मोडलको रूपमा बजारमा आएको एस-०७ को सफलतापछि कम्पनीले एल-०७ र ई-०७ जस्ता मोडल बजारमा ल्याइसकेको छ । नेपाली बजारमा एस-०५ आएसँगै दीपलको चौथो मोडल बन्नेछ ।
किन धेरैको छनोट बन्न सक्छ ?
दीपल एस-०५ धेरैको छनोट बन्न सक्ने मुख्य कारणमा पहिलो डिजाइन नै हो । यसले अटोमोबाइल क्षेत्रकै प्रतिष्ठित ‘आईएफ’ अवार्ड जितिसकेको छ । त्यसैले यसको डिजाइन र गुणस्तर माथिल्लो स्तरमा रहने पक्का छ ।

अर्को चर्जिङमा एमएडब्लू ग्रुपले देखाएको आक्रमकता हो । कम्पनीले देशका विभिन्न १०० भन्दा बढी स्थानमा चार्जर लगाइसकेको छ । त्यसको फाइदा पनि यसको बिक्रीमा देखिने छ । यसका अलावा एमएडब्लू ग्रुपको मार्केटिङ रणनीति र ग्राहकमैत्री योजनाले पनि एस-०५ लाई सफल बनाउने अनुमान गर्न सकिन्छ ।
एस-०५ को बलियो पक्ष
दीपल एस-०७ मा जस्तै एस-०५ पनि इनोभेटिभ र फ्यूचरिस्टिक डिजाइन अप्रोचमा तयार भएको छ । यसमा फिचरको कुनै कमी रहेको छैन । बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ह्याण्डल, प्रिमियम इन्टेरियरले जो कसैलाई लोभ्याउने छ ।
यसको ड्यासबोर्ड निकै प्रिमियम छ । १५.६ इन्चको सनफ्लावर टच स्क्रीन, क्वालकम स्न्यापड्रागन ८१५५ चीप, एडास लेभल टु, भरपुर सेफ्टी फिचरले यसलाई अब्बल बनाएको छ ।
सफ्टटच मेटेरियलबाट बनेको क्याबिन, लेदर सिट, एचयूडी डिस्प्ले, रियर ह्वील ड्राइभ सिस्टम जस्ता कारण चालकलाई सजिलोसँगै क्याबिन लग्जरी अनुभूत हुन्छ ।
दीपल एस-०५ मा हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर छन् ।
ब्याट्री र मोटर
चिनियाँ ब्याट्री निर्माता सीएटीएलले उत्पादन गरेको ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्रीमा आउने एस-०७ को रेन्ज ४८५ किलोमिटरसम्म हुने दाबी गरिएको छ । नेपालमा दीपल एस-०७ लाई एमएडब्लू वृद्धिले ९९ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराउने छ ।
मूल्य कति ?
अहिल्यै यसको मूल्यको विषयमा कम्पनीले जानकारी नदिए पनि टप भेरियन्टको मूल्य ६५ लाख रुपैयाँ आसपास रहने छ ।

