थाइल्याण्डमा चल्यो ‘दिपल एस-०७’को जादु

काठमाडौं । थाइल्याण्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस-०७ सर्वाधिक बिक्री हुने इलेक्ट्रीक एसयूभी बनेको छ । कम्पनीले अप्रिल महिनाको बिक्रीमा यहाँ बीवाइडीलाई उछिन्दै पहिलो भएको हो ।

गत अप्रिल महिनामा ७ सय ५४ युनिट दिपल एस-०७ थाइल्याण्डमा बिक्री भएको थियो । दिपल एस-०७ ईभी सिंगल मोडल सर्वाधिक बिक्री भएको मोडल बनेको हो ।

चिनियाँ अटोमेकर चांगनको प्रिमियम ईभी सबब्रान्ड दिपल नेपालमा पनि बिक्री हुँदै आएको मोडल हो । नेपाल आएदेखि नै यसले खुबै चर्चा पाइरहेको छ ।

थाइल्याण्डको बजारमा दिपललाई पछ्याउँदै बीवाइडी डल्फीन दोस्रो नम्बर छ । अप्रिलमा ५ सय यूनिट डल्फिन विक्री भएको थियो । तेस्रो स्थानमा चार सय ७८ यूनिट सहित एमजी-४ परेको हो ।

अप्रिलमै सार्वजनिक भएको होन्डा इ एन१ केबल ६३ युनिट मात्रै विक्री भएको छ । थाइल्यान्डमा गत महिना कुल चार हजार ८८ यूनिट गाडी रजिस्टर भएको थियो । जुन कुल रजिस्ट्रेसनको १०.७५ प्रतिशत हो ।

अप्रिल महिनामा थाइल्यान्डमा ३८२ वटा नेटा भी, ३०१ युनिट एवोन वाई प्लस, २१७ युनिट बीवाइडी एटो-३, १८० युनिट बीवाइडी सिल, १६९ युनिट ओर गुडक्याट र १५९ युनिट टेस्ला मोडल ३ विक्री भएको थियो ।

दिपलले सन् २०२४ मा युरोपेली र एसिया पेसिफिक बजारमा प्रवेश गरेर चार लाख ५० हजार युनिट ईभी बेच्ने लक्ष्य लिएको छ ।


Back_to_top