काठमाडौं । सिजी मोटर्सले पछिल्लो पटक नेपाल ल्याएको जीएसी एवोन वाई मोडलको मूल्य एकै पटक ३ लाख ५१ हजार रुपैयाँले वृद्धि भएको छ । कम्पनीले यसअघि इन्टोडक्टरी प्राइस भन्दै ५४ लाख ९९ हजारमा बिक्री सुरु गरेको एवोन वाई मोडलको नयाँ मूल्य ५८ लाख ५० हजार बनाइएको हो ।
जीएसी एवोन वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । कम्पनीले ५०० किलोमिटर दावी गरेको छ ।
सिजी मोटर्सका अनुसार यो गाडीलाई भ्यालू फर मनी, उत्कृष्ट डिजाइन र कम्फर्ट, पावर हाउस ब्याट्री टेक्नोलोजीको मिश्रण भनेको छ । यसको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कम्पनीले यसमा ९९ किलोवाट पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ भने पीकटर्क २२५ एनएम रहेको छ । झट्ट हेर्दा एमपीभी जस्तो लाग्ने यो कारमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको विशाल टचस्कृन, ६ स्पीकर, पीएम २.५ एयर फिल्टर जस्ता फिचर उपलब्ध छ ।
सुरक्षाको लागि डेढ दर्जन फिचर समाबेस भएको एवोन-वाईमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरव्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।