यामाहाको मोटरसाइकलमा १ लाखसम्म छुट पाइने

काठमाडौं । यामाहाको महा एक्स्चेन्ज मेला सुरु भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले काठमाडौंको भृकुटीमण्डपमा वैशाख २३ देखि २९ गतेसम्मको लागि महा एक्स्चेन्ज मेला लगाएको हो ।

मेलामा यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्न आउने ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल वा स्कुटरमा १ लाख रुपैयाँसम्मको थप मुल्याङकल पाउने छन् ।

यामाहाको जुनसुकै मोटरसाइकल वा स्कुटरको खरिदमा ग्यारेन्टेड १ लाखसम्मको नगद छुटसमेत पाउने छन् । यामाहा महा एक्सचेन्ज मेलामा अन्य सुबिधा अन्तर्गत ग्राहकले मोटरसाइकल र स्कुटरमा फ्रि हेल्थ कार्ड, फ्रि चेकअप, वास, डोर प्राइज स्मार्ट हेल्मेट र फ्रि एशोसरिज पाउने छन् ।
त्यस्तै, हरेक मोटरसाइकल तथा स्कुटरको टेस्ट राइडमा ग्राहकले विभिन्न खाले गिफ्ट जित्ने मौका पाउने छन् ।


Back_to_top