ट्याक्सी र सार्वजनिक यातायात चलेपछि आन्तरिक उडान: स‌ंघ

काठमाडौं । वायुसेवा संचालक संघले कोरोना भाइरसको महामारीको कारण बन्द भएको आन्तरिक उडान सुरु हुने कुरा बाहिर आएकाले सार्वजनिक यातायात र ट्याक्सी संचालनपछि मात्रै हवाई सेवा संचालन गर्न सकिने बताएको छ ।

साथै, संघले हवाईजहाज पूर्ण क्षमतामा संचालन गर्न पाउनु पर्ने, समायोज गर्ने भनिएको इन्धनको मूल्य समायोजन हुनु पर्ने, हवाई यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने, होटल तथा रेष्टुरेन्ट संचलनमा आउनु पर्ने सुझाव संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई पठाएको जनाएको छ ।

सरकारले आफ्ना यी माग सम्बोधन गरेपछि मात्रै हवाई सेवा संचालन गर्न सकिने संघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Back_to_top