काठमाडौं । बेनेली मोटरसाकल खरिद गर्दा दोहोरो छुट पाइने भएको छ ।
बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनले मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले दोहोरो छुट पाउने स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले मोटरासइकल तथा स्कुटरको खरिदमा २५ हजारका दरले दुई पटक छुट पाउने छन् ।
साथै, यो योजनमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले बेनेलीको हेलमेट, एक वर्षको रोड ट्याक्स र इन्स्योरेन्स निःशुल्क पाउने छन् ।
यो स्कीममा ग्राहले एक्सचेन्ज सुविधा समेत प्राप्त गर्नेछन् । जसमा ग्राहकले आफूसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग बेनेलीका नयाँ मोटरसाइकलसँग साट्न सक्नेछन् ।
कम्पनीले एक्सचेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकलाई पुरानो मोटरसाइकलको बजारमा मूल्यमा थप मूल्याङकन दिने बताएको छ । यसका अलावा ग्राहकले यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा यती एयरलायन्सको नेपालभर कुनै पनि उडानको दोहोरो टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यो स्कीम बेनेलीको नेपाल भरका शोरुममा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

