हुन्डाईले देखायो क्रेटा ईभीको इन्टेरियर, यस्ता छन् मुख्य फिचर

काठमाडौं । आगामी १७ जनवरीमा सार्वजनिक हुने हुन्डाई क्रेटा इलेक्ट्रीकको इन्टेरियर पनि सार्वजनिक भएको छ । केही दिनअघि कम्पनीले क्रेटा ईभीको टिजर भिडियो सार्वजनिक गर्दै धेरै जानकारी दिएको थियो । अब भने यसको इन्टेरियरमा भएका फिचर सार्वजनिक गरेको हो ।

क्रेटा ईभीको ड्यासबोर्डमा समान १०.२५ इन्चको दुईवटा स्कृन दिइएको छ । जुन पेट्रोल क्रेटामा पनि प्रयोग भएको थियो । ड्यूल जोन क्लाइमेट कन्ट्रोल, लेभल टु एडास फिचर, अटो डिमिङ रियर भ्यू मिरर, बोसको ८ वटा स्पीकर क्रेटा ईभीमा पाउन सकिन्छ ।

रेगुलर क्रेटाभन्दा विल्कुलै फरक स्टेरिङ ह्वील ईभीमा दिइएको छ । उक्त स्टेरिङ कोना इलेक्ट्रीकबाट लिइएको हो । कोनाकै जस्तो गियर सेलेक्टर दिइएको नयाँ क्रेटामा ‘सिफ्ट वाइ वायर सिस्टम’ दिइएको छ । विभिन्न ड्राइभिङ मोड उपलब्ध ईभीमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, अटो होल्ड फङ्गसन पनि पाउन सकिन्छ ।

हुन्डाईले क्रेटा ईभीमा मोवाइल एप पनि अफर गरेको छ । सिंगल प्याडल ड्राइभिङ, भीटुएल चार्जिङ केबल सपोर्ट, भ्वाइस कमाण्ड सपोर्ट गर्ने भएकोले क्रेटा मोर्डन ईभीको वीचमा आफुलाई बलियोसँग प्रतिस्पर्धी बनाउन सफल हुने देखिन्छ ।

हुन्डाईले क्रेटामा दिएको लेभल टु एडास फिचर भित्र लेनकीप एसिस्ट, फर्वाड कुलिसन वार्निङ, ब्लाइन्ड स्पट मोनिटरिङ, एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । यसका अलावा स्पोर्ट रियर डिस्क ब्रेक, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल एसिस्ट, टायर प्रेसर मोनिटर, ३६० डिग्री क्यामेरा, रेन सेन्सिङ वाइपर, फ्रन्ट पार्किङ सेन्सर पाउन सकिन्छ ।

क्रेटा ईभीमा ४२ र ५१ किलोवाट आवरको दुई ब्याट्री अप्सन र १०० र १२५ किलोवाट क्षमताको दुई मोटर पाउन सकिन्छ । चाँडै नेपाल आउने क्रेटा ईभीलाई ७.९ सेकेन्डमा नै सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने कम्पनीको दावी छ ।


Back_to_top