काठमाडौं । विश्वमा सबैभन्दा धेरै हाइब्रिड पावरट्रेनको वकालत गर्ने टायोटा अमेरिकन ग्राहको बानि देखेर छक्क परेको छ । टोयोटाको प्लगइन हाइब्रिड सम्बन्धी रिसर्चमा धेरै अमेरिकीले प्लगइन हाइब्रिड गाडि किनेर कहिले पनि प्लगइन नै नगरेको देखिएको हो ।
पेट्रोल कारभन्दा महँगो हुने प्लगइन हाइब्रिड कारहरू पेट्राल र ब्याट्री इलेक्ट्रीक दुवैबाट चलाउन सकिन्छ । यस्ता कारमा परम्परागत पेट्रोल ट्याङकको साथमा हाइभोल्टेज ब्याट्री जडान भएर आएका हुन्छन् ।
प्लगइन हाइब्रिडमा रहेको ब्याट्रीलाई विद्युतीय प्लगमा जोडेर प्योर ईभी जस्तै चार्ज गर्नु पर्छ । अन्यथा, गाडी पेट्रोल इन्धनबाट मात्रै संचालन हुन्छ । तर, अमेरिकी कतिपय ग्राहकहरूले भने प्लगइन हाइब्रिड कार किनेपछि कहिल्यै चार्ज नै नगरेको देखिएको हो ।
पेट्रोल र ब्याट्री इलेक्ट्रीक दुवैबाट गाडी चल्दा एकदमै कम वातावरण प्रदूषण हुने टोयोटाको भनाइलाई ती चालकहरूले पूरै इग्नोर गरेको देखिएको हो ।
टोयोटा रिसर्च इन्स्टीच्युटले यस्ता बानीलाई ट्रयाक गर्न र धेरैभन्दा धेरै रिचार्जमा प्रोत्साहन गर्न छुट्टै एप विकास गरेको छ । चार्ज मिन्डर नाम गरेको उक्त एपले प्लगइन हाइब्रिडका चालकहरूलाई रिवार्ड र नोटिफिकेसनहरू पठाउँछ ।
फिटनेस एप जस्तै चार्ज रिमन्डरले पुस नोटिफिकेसन, स्ट्रीक ट्रयाकिङ र सहि समयमा चालकलाई रिचार्ज गर्न मोटिभेसन म्याासेजहरू पठाउँछ । यसमा प्रयोगकर्तालाई व्यस्त राख्न सानो सानो क्वीज, भेहिकल टेलिमेटिक र चार्जिरको लोकेशनहरू समेत आउने छ ।
ह्युमन सेन्ट्रेड आर्टिफिसियल इन्टेलिजेन्ट प्रयोग भएको उक्त एप अहिले ट्रयाल अवस्थामा रहेको र छिटै युजरहरूले डाउनलोड गर्न सक्ने टोयोटाले जनाएको छ । एपको प्रयोगपछि अमेरिकी चालकहरूको चार्जिङ ह्याविटमा १० प्रतिशत र समग्र सन्तुष्टिमा १६ प्रतिशत वृद्धि हुने अनुमान छ ।

