स्कुटरको ब्याट्री पड्कदा ८ घन्टा अस्पतालमा (भिडियाेसहित)

एजेन्सी । लण्डनको एक घरमा चार्जमा जोडिराखेको ब्याट्री अचानक पड्कदा ३७ वर्षिय युवा अस्पतालको आईसीयूमा पुग्नु परेको छ । उनले आफ्नो किचेनमा स्कुटरको ब्याट्री चार्जमा जोडेका थिए ।

लण्डन फायर ब्रिगेड कम्पनीले सार्वजनिक गरेको एक भिडियोमा चार्जमा राखेको अवस्थाको किक स्कुटर आगो लागेर पड्किएको देख्न सकिन्छ । स्कुटरमा आगो लागेको केही सकेन्डमा नै ब्याट्री पड्किएर घर धुवाले भरिएको देखिन्छ ।

३७ वर्षिय डेल विलियम्सले आफ्नो किचेनमा चार्जमा राखेको स्कुटर पड्किदा आफु बाच्न सफल भएको भन्दै भगवानलाई धन्यवाद दिएका छन् ।

घरमा धुवा भरिएर श्वास–प्रश्वासमा समस्या भएका कारण उनी ८ घन्टासम्म अस्पतालमा भर्ना भएको स्काई न्यूजले उल्लेख गरेको छ ।

यो घटनाले ठूलो क्षती नभएको बताउँदै उनले कुनै पनि इलेक्ट्रीक स्कुटर घरमा चार्ज नर्गन र घर बाहिर चार्ज गर्न सुझावसमेत दिएका छन् ।

यो घटनालाई लिएर बेलायतका यातायात मन्त्री जेसी नोर्मानले इ स्कुटर, इ बाइकमा आगो लागि हुनु गम्भीर विषय भएको र यसमा सरकारले कडाईका साथ काम गर्ने बताएका छन् ।


Back_to_top