फुलचार्जमा २५० किमि रेन्जसहित ‘इटुओ नेक्सट’

काठमाडौं । महिन्द्राले सन् २०२५ सम्म विभिन्न सेग्मेन्टमा १५ इलेक्ट्रीक मोडल बजारमा ल्याउने घोषणा यसअघि नै गरेको थियो । यस्तोमा कम्पनीले सन् २०१२ देखि बजारमा उपलब्ध गराएको इटुओको अपग्रेडेड मोडल ल्याउने सम्भावना बढेको हो ।

सन् २०२२ को अन्तिमसम्म कम्पनीले कम मूल्यका केयूभी १००, एक्सयूभी ३०० र एटुम क्वाडी साइकल लञ्च गर्ने तयारी गरिरहेको छ । यस्तोमा सन् २०१८ मा कन्सेप्ट देखाएको इटुओ नेक्सट बजारमा आउन सक्नेछ ।

भारतीय अटो मिडियाका अनुसार यसअघि नै बजारमा आउने अनुमान गरिएको केयूभी १०० रेन्ज बढाएर आउने तयारीमा रहेको कारण बजारमा आउन समय लागेको बताइन्छ । अब कम्पनीले चाँडै केयूभी १०० सँगै इटुओ नेक्सट पनि बजारमा ल्याउने दाबी गरेको छ ।

बाहिर आएको रिपोर्टमा दावी गरिएअनुसार इटुओ नेक्सटमा २६ किलोवाट आवरको ब्याट्री रहने छ । यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज दिने छ ।

यसबाहेक इटुओ प्लसमा हुने परिमार्जनको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । यदि सिंगल चार्जमा २५० किलोमिटर सहित आउने हो भने सिटी कारको रुपमा यसले नेपाली ग्राहकको पनि मन जित्न सक्नेछ ।


Back_to_top