यूरोपियन ब्राण्डको ४ स्कुटर नेपालमा, मूल्य २ लाखबाटै सुरु

काठमाडौं । यूरोपियन ब्रान्डको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । पायोनियर वर्ल्डवाइड प्रालिले अष्ट्रियन इकुटरको इलेक्ट्रीक ब्राण्ड नेपाल ल्याएको हो ।

पायोनीयर वर्ल्डवाइडले हर्विनका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल र हेनरी ब्रान्डको इलेक्ट्रीक कार विक्री गर्दै आएको छ । कम्पनीले ४ मोडलक स्कुटर नेपाली विक्री सुरु गरेको हो ।

भृकुटीमण्डपमा भइरहेको इभी एक्स्पोमा इकुटरले आफ्ना स्कुटर सार्वजनिक भएको हो । कम्पनीले २ लाख रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्मका स्कुटर विक्री सुरु गरेको छ ।

कम्पनीले इटी ३ स्कुटरको मूल्य २ लाख निर्धारण गरेर विक्री सुरु गरेको हो । यो स्कुटरमा २ किलोवाट क्षमताको मोटर रहेको छ । लिड एसिड ब्याट्री प्रयोग भएको यो स्कुटरले एक पटकको फुलचार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

कम्पनीले इटी ३ को लिथियम आयन भर्सन समेत नेपालमा उपलब्ध गराएको छ । लिथियम आयोन ब्याट्री भएको भर्सनको मूल्य २ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै अन्य दुई मोडलका स्कुटर भने लिथियम आयोन ब्याट्रीमा मात्रै उपलब्ध रहेको छ । अन्य स्कुटरमा ई २, ई ५ मोडल छन् । ई २ मा ४ किलोवाट क्षमताको सेन्टर मोटर रहेको छ । यसमा डबल ब्याट्री अप्सन उपलब्ध छ भने, यसलाई एक पटक फुलचार्ज गरेर १७० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

त्यस्तै ई ५ मा भने ८ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ६४ भोल्ट ३४ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री छ । यसमा पनि डबल ब्याट्री अप्सन रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

 


Back_to_top