काठमाडौं । अटोमोटिभ रिर्सज एशोसियसन अफ इन्डिया (एआरएआई) ले इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको क्रयास टेष्ट सुरू गरेको छ ।
विभिन्न समयमा भारतमा दुई पाङ्ग्रे सवारीसाधनमा आगो लागिको घटना भएसँगै एआरएआईले स्कुटरको क्रयास टेस्टिङ सुरू गरेको हो । एआरएआईको पुणे स्थीत सुविधा सम्पन्न टेस्टिङ सेन्टरमा दुई पाङ्ग्रे साधनको परिक्षण भएको हो ।
हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार एआरएआईले ओरिजिनल इक्यूप्मेन्ट म्यानुफ्याक्चरर (ओइएम) हरूको टेष्ट गरेको थियो । एआरएआईले त्यहाँ कुन कुन ब्राण्डका उत्पादन परिक्षण गरिएको हो भन्ने खुलाएको भने छैन ।
एआरएआईले परिक्षणको क्रममा साइड पोल इम्प्याक्ट टेष्टका साथै रिजिड ब्यारियरको प्रयोग गरेर परिक्षण सम्पन्न गरेको थियो । एशोसिएशनले दुई पाङ्ग्रे प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा क्र्यास टेष्ट अनिवार्य गर्न लागेको हो ।
पछिल्लो समय भारतमा दुई पाङ्ग्रेको ब्यापार तिब्र गतिमा वृद्धि भइरहेको छ । भारत सरकारले इलेक्ट्रीक दुई पाङ्ग्रेमा सस्तो र कम गुणस्तरको ब्याट्री प्रयोग गर्ने उत्पादकहरुलाई रोक्न सुरक्षा मापदण्डहरुको साथै आगो लागिको जोखिम न्यूनिकरण र क्र्यास टेष्टिङ अनिवार्य गर्न लागेको बुझिन्छ ।
उक्त रिपोर्टमा उलेल्ख भएअनुसार भारतमा दुई पाङ्ग्रेको अनिवार्य क्रयास टेष्टिङ हुने हो भने इलेक्ट्रीक स्कुटरको प्रयोग गर्नेको संख्या तिब्र हुनेछ ।


