पाँच दिनपछि अर्थात् मार्च ५ बाट स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने ‘जेनेभा मोटर शो’मा विभिन्न कम्पनीले इलेक्ट्रीक कारको डेब्यू गर्ने भएका छन् ।
युरोपको सबैभन्दा ठूलो मोटर शोमा विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्ना नयाँ डिजाइन तथा प्ल्याटफर्ममा इलेक्ट्रीक भेहिकल शोकेस गर्ने भएका हुन् ।
एस्टन मार्टिन

एस्टन मार्टिनले अल–टेरेन अवधारणामा आधारित ल्यागान्डा ब्रान्डको इलेक्ट्रीक एसयूभी शोकेस गर्ने भएको छ । कम्पनीले पहिलोपटक उक्त ब्रान्डको ईभी प्रदर्शन गर्ने भएको हो ।
अडी
अडी कम्पनीले ‘क्यू फोर ई–ट्रोन कन्सेप्ट’ प्रदर्शनको तयारी गरेको छ । कम्पनीले उक्त एसयूभीको उत्पादन २०२० को अन्तिमबाट सुरु गर्ने जानकारी समेत दिएको छ ।
सिट्रोन

जेनभा अटो शोमा एमी–वान अवधारणामा निर्माण भएको सिट्रोनको इलेक्ट्रीक प्रोटोटाईपलाई देखाउने तयारी कम्पनीले गरेको छ । यो मोडलको टपस्पीड क्षमता प्रतिघन्टा ४५ किलोमिटर रहेको छ ।
जीएफजी स्टाइल
इटालियन डिजायन स्टुडियो जीएफजी स्टाइलले टु–सिटर कन्सेप्टमा आधारित एसयूभी कङ्गारु अनविल गर्ने भएको छ ।
हिस्पानो सुइजा
यस्तै, जेनेभा मोटर शोमा हिस्पानो सुइजा नामको इलेक्ट्रीक कार अनविल हुने भएको छ ।
होन्डा

जापानी अटोमोबाइल्स कम्पनी होन्डाले ई–प्रोपोटाइप अनविल गर्ने भएको छ । कम्पनीले विद्यार्थीले डिजाइन गरेको टोमो मिनी–पिकअप अवधारणाको ईभी मोडलसमेत अनविल गर्ने भएको छ ।
किया

किया मोटर्सले न्यू इलेक्ट्रीक कन्सेप्ट कार अनविल गर्ने भएको छ । यस्तै, कम्पनीले ई–सोलको प्रदर्शनी समेत गर्ने छ । कम्पनी २०१८ को ‘ला अटो शो’मा नयाँ शोल इभी डेब्यू गरेको थियो ।
मर्सिडिज बेन्ज
मर्सिडिज बेन्जले ईक्यूभी अवधारणामा आधारित न्यू फूल्ली इलेक्ट्रीक एमपीभी शोकेस गर्ने भएको छ ।
मित्सुबिसी

मित्सुबिसीले एन्जेलवर्ग टुरर एसयूभी प्रदर्शन गर्ने जनाएको छ । कम्पनीले केही समय अगाडि यसको टिजर सार्वजनिक गरेको थियो ।
निशान

निशानले आईएमक्यू अवधारणामा निर्माण भएको क्रसओभर सार्वजनिक गर्ने भएको छ । कम्पनीले निशान इन्टेलिजेन्ट मोभिलिटीलाई ब्रान्डिङ्ग गर्ने भएको हो ।
प्यूजो

यस कम्पनीले अल इलेक्ट्रीक भर्सन प्यूजो–२०८ ह्याचब्याक अनविल गर्ने भएको छ । यसमा १०० किलोवाट १३० हर्षपावर क्षमताको इलेक्ट्रीक मोटर तथा ५० किलोवाटको ब्याट्री प्याक दिइएको छ ।
पिच
पिचले ‘मार्क जिरो स्पोर्ट कार टु डोर क्यूप’ अनविल गर्ने भएको छ । यो कार एकपटक फूल चार्ज गर्दा ५०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।
पीनन्फेरिना

इटालियन डिजाइन हाउस पीनन्फेरिनाले इलेक्ट्रीक हाइपर–कार बाटिस्टालाई शोकेस गर्ने भएको छ ।
सीट
सीटले फक्सवागेन ग्रुपको एमईबी अवधारणमा आधारित इलेक्ट्रीक कार मोटर शोमा अनविल गर्ने भएको छ ।
स्कोडा

स्कोडा कम्पनीले मोटर शोमा भिजन आई–भी क्रसओभरको डिजाइन स्केच अनविल गर्ने भएको छ ।
फक्सवागेन

फक्सवागेनले एन्टीसेप्टेड ‘आईडी बगी’ इलेक्ट्रीक ड्यान बग्गी अवधारणामा डेब्यू गर्ने भएको छ । कम्पनीले गत जनवरीमा उक्त गाडीको टिजर सार्वजनिक गरेको थियो ।


