एक्साइड ब्याट्री किन्नेलाई ‘पेपरलेस वारेन्टी’

काठमाडौं । एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ । पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुविधाको लागि अब वारेन्टी कार्ड खोजी राख्नुपर्दैन । ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्ने छन् ।

‘एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउन ग्राहकहरुको ठूलो भूमिका रहेको छ । ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधैं हाम्रा ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्दै आएको छ । त्यही कार्यलाई निरन्तरता दिदैं हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ’, एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीले भने ।

धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेको उनको दाबी छ । यसको प्रयोगले ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुने उनले दाबी गरे ।

पेपरलेस वारेन्टी अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले आफ्नो स्मार्टफोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको क्युआर कोड स्क्यान गरी रेजिस्टर गर्न सक्ने छन् ।


Back_to_top