काठमाडौं । इटालीयन अटोमोवाइल ब्राण्ड फियाटले नयाँ इलेक्ट्रीक क्रसओभर लन्च गर्ने तयारी गरेको छ । कम्पनीले सुरुवातमा १९५५मा नै सार्वजनिक गरेको फियाट-६०० नामबाट नयाँ इलेक्ट्रीक क्रसओभर कार तयार गरेको हो ।
मिडिया रिपोर्टका अनुसार फियाट-६०० इलेक्ट्रीकलाई “फियाट एफ३६४“ नामले पनि चिनिन्छ । यो बि-सेग्मेन्टको एक क्रसओभर कार रहेको छ । यसको लम्बाई करिब ४००० एमएम र उचाई १५२० एमएम हुने अनुमान गरिएको छ ।
फियाटले नयाँ इलेक्ट्रीक मोडलमा ओभल आकार भएको फ्रन्ट लाइट दिइएको छ । साथै, यसमा रेक्टेङगुलर एलइडी टेललाइट पाउन सकिन्छ । यसको फ्रन्ट फेसिया निकै स्पोर्टी बनाइएको छ ।
त्यस्तै, मेनग्रिल पनि फराकिलो छ भने यसमा म्याट फिनिस सहितको ब्ल्याक अलोय ह्वील पाउन सकिन्छ । यो नयाँ ईभीमा रुफमा ग्लस ब्ल्याक शार्क फिन एन्टेना रहने छ ।
मल्टी इनर्जी, सेकेन्ड जेनेरेसन कमन मोडुलर प्लेटफर्ममा आधारित फियाटको यो नयाँ मोडल ईभीको अलाव प्युरटेक ग्यसोलाइन हाइब्रिडमा पनि उपलब्ध हुने बताइएको छ ।
फियाट६०० इलेक्ट्रीकलाई कम्पनीले दुई वटा भेरियन्टमा उपलब्ध गराउने अनुमान गरिएको छ । यसमा एउटा ११५ किलोवाट क्षमताको मोटरको साथमा ५४ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।
अर्को अप्सनमा भने ४६ किलोवाट आवरको ब्याट्री प्याकमा १०० किलोवाट क्षमताको मोटर रहने छ ।
फियाट इलेक्ट्रीकमा बीवाइडीको एलएफपी ब्याट्रीको प्रयोग गरिने कम्पनीले जनाएको छ । डब्लुएलटिपीका अनुसार यो व्याट्रीलाई सिङ्गल चार्जमा ४०० किलोमिटर गुडाउन सकिन्छ ।
कम्पनीले आगामी जुलाई ४ तारिखमा सार्वजनिक हुनेछ । यसको आधिकारीक बिक्री भने २०२४को जनवरीबाट हुने अपेक्षा गरिएको छ ।


