काठमाडौं । यूरोपियन ब्राण्ड फियाटले आफ्नो १२५ औं स्थापना दिवसको अवसर पारेर ‘पान्डा’ इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीको १२५ औं स्थापना दिवस ठिक एक वर्षपछि जुलाई ११, २०२४ मा हुनेछ ।
कम्पनीले आफ्नो पान्डा मोडललाई २०१९ मा देखाएको ‘क्यान्टोभेन्टी कन्सेप्ट’मा आधारित रहेर बनाउने छ । ४ मिटर हाराहारीको साइजमा आउने यो एसयूभी बि–सेग्मेन्ट एसयूभी हुनेछ ।
स्वापेबल ब्याट्री टेक्नोलोजीमा आधारित रहेर आउने पान्डा इलेक्ट्रीकमा रहने ब्याट्री, मोटर र टेक्नीकल डिटेल केही पनि बाहिर आएको छैन । झट्ट हेर्दा निकै आकर्षक डिजाइनको अफरोड एसयूभी जस्तो लाग्ने पान्डा करिब ३१ हजार पाउन्ड हाराहारी मूल्यमा आउने अनुमान गरिएको छ ।


