केबल ९९ युनिट मात्रै उत्पादन हुने कारमा के छ खास ?

काठमाडौं । कम्प्याक्ट इलेक्ट्रीक भेहिकल ब्रान्ड ‘फायरफ्लाई’ले आफ्नो सुन्दर ह्याचव्याक कारको स्पेशल एडिशन सार्वजनिक गरेको छ । कम्पनीले ९९ युनिट मात्रै उत्पादन गर्ने घोषणासहित लिमिटेड एडिशन बाहिर ल्याएको हो ।

नेदरल्याण्डका कलाकार जोर्डी भ्यान डेन निउवेन्डिज्कको डिजाइन प्रयोग गरेर फायरफ्लाई लिमिटेड एडिशन बाहिर ल्याइएको हो । नयाँ संस्करणमा कलाकार भ्यान डेनको कलालाई कारको भित्र र बाहिर प्रयोग गरिएको छ ।

उड्ने घोडाको आकृतिलाई मुख्य ‘थिम’ बनाएर कारको बाहिर र भित्र सिंगारिएको छ । जहाँ भ्यान डेनको हस्ताक्षर समेत उपलब्ध छ । नियोले फायरफ्लाईलाई किन घोडाको थिममा ल्यायो भन्ने उत्सुकता तपाईलाई जागेको छ भने चिनियाँ नयाँ वर्ष यसपटक घोडा वर्षको रुपमा सुरु हुँदैछ ।

नियो फायरफ्लाई निकै प्रिमियम ह्याचव्याक कार हो । कम्पनीले यसको बिक्री युरोप हुँदै सिंगापुरमा समेत थालिसकेको छ । राइट ह्याण्ड ड्राइभमा भएको कारण कुनै पनि समय नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top