काठमाडौं । नेपालमा बिक्री हुने धेरैजसो इलेक्ट्रीक स्कुटरको ब्याट्रीमा २० हजार किलोमिटर वा २ वर्षको वारेन्टि उपलब्ध हुँदै आएको छ । सबैजसो बिक्रेताले ब्याट्रीमा कम वारेन्टी दिएर बिक्री गरिरहेका छन् ।
नेपालमा नै स्कुटर बेच्ने तीन यस्ता कम्पनीहरू छन् जसले ५ वर्षसम्मको वारेन्टी उपलब्ध गराउदै आएका छन् । बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको टेल्जी नेपालले टेल्जी लायन मोडलमा भएको लिथियम आइरन फोस्पेट ब्याट्रीमा १ लाख किलोमिटर वा ५ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिफेपो व्याट्री प्याक रहेको छ । यसलाइ एक पटक फुल चार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
टेल्जी लायनमा ब्लुटुथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा यसमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।
कम्पनीले यो स्कुटरको मूल्य ३ लाख ३३ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

त्यस्तै नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी एथरको नेपालका लागि आधिकाकिर बिक्रेता कम्पनी बैद्यज् इनर्जीले एथरका स्कुटरमा ५ वर्षको वारेन्टी दिँदै आएको छ । कम्पनीले बिक्री गर्ने एथरका सबै स्कुटरहरूमा ५ वर्षको वारेन्टी पाउन सकिन्छ ।
एथरले ५ वर्षको समय अवधिमा जुनसुकै कारणले ब्याट्री ड्यामेज भएमा हामी रिप्लेस गर्दिने तथा ५ वर्षको अवधिमा ब्याट्रीको क्यापासिटी ७० प्रतिशत ग्यारेन्टी उपलब्ध गराएको छ ।

एथरले नेपाली बजारमा एथर ४५० एक्सको दुई भेरियन्ट बिक्री गर्दै आएको छ भने ४५० एस भेरियन्ट हालै मात्र नेपाल भित्र्याएको छ ।
कम्पनीले नेपाली बजारमा ३ लाख ५० हजार रुपैयाँदेखि माथिका स्कुटर बिक्री गर्दै आएको छ ।
त्यसैगरी, हालै नेपाल भित्रिएको ग्यारो स्कुटरको बिक्रेता कम्पनी क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्पोर्टले डीटी ६० मा १ लाख वा ५ वर्षको वारेन्टि दिँदै आएको छ । कम्पनीले ल्याएको डीटी ६० नेपालकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटरसमेत रहेको छ । कम्पनीको दावी अनुसार यो स्कुटरले ३५० किलोमिटरसम्म रेन्ज दिन्छ ।

ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर (८.४६ किलोवाट अवार) को लिथियम आयोन ब्याट्री उपलब्ध छ । यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ ।
कम्पनीले ३ लाख ६५ हजार ९०० रुपैयाँ तोकेर डीटी ६० बिक्री गर्दै आएको छ ।


