आयो १० वर्षसम्म निःशुल्क इन्धन दिने अफर

काठमाडौं । फोर्ड नेपालले १० वर्षसम्म निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरेको छ । फोर्डको आधिकारीक बिक्रेता जिओ फोर्डले आफ्ना गाडी किन्ने ग्राहकलाई १० वर्षसम्म इन्धन दिने भएको हो ।

कम्पनीले ल्याएको स्कीमको नाम ‘१० वर्षको निःशुल्क इन्धन’ राखिएको छ । फोर्डका रेन्जर तथा एभरेष्ट मोडल किन्ने ग्राहकले यो सुविधा पाउने छन् ।

पछिल्ला दिनमा विद्युतीय गाडीको प्रयोग बढेसँगै कम्पनीले उपभोक्तालाई ईभीकै अनुभूती गराउन इन्धन वापत लाग्ने खर्च १० वर्षसम्म आफैँ ब्याहोर्ने स्कीम सार्वजनिक गरेको हो ।

‘हामीले ग्राहकलाई १० वर्षसम्म इन्धन दिने, चार्जिङ स्टेशनको झन्झटबाट टाढै बस्न सकिने र निश्चित समयपछि ब्याट्री परिवर्तन गर्नु नपर्ने गरी ग्राहकलाई सहज बनाएका हौं’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्कीममा विभिन्न सर्तहरु लागु हुने कम्पनीले जनाएको छ । उक्त स्कीम कति समयसम्म संचालनमा रहन्छ भन्ने एकिन जानकारी कम्पनीले दिएको छैन ।


Back_to_top