होण्डाले बढायो मोटरसाइकलको मूल्य, कुनमा कति ?

काठमाडौं । होण्डा मोटरसाइकलको मूल्य वृद्धि भएको छ । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले मोटरसाइकलको मूल्य ५ हजार रुपैयाँसम्म बढाएको हो ।

कम्पनीले सीबी साइनको मूल्य २ हजार रुपैयाँले बढाएको छ । त्यस्तै, कम्पनीले केही समय अघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेकाे एनएक्स २००, एसपी १२५ र हर्नेट २.० को भाउ ५ हजार रुपैयाँ बढाएको छ ।

होण्डा एनएक्स २०० को मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि यो मोटरसाइकल ४ लाख ७९ हजार ९०० रुपैयाँमा सार्वजनिक भएको थियो ।

त्यस्तै, होण्डा एसपी १२५ डीआरएसको नयाँ मूल्य २ लाख ८२ हजार ९०० रुपैयाँ र डीडीएसको २ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि डिआरएसको २ लाख ७८ हजार ९०० र डीडीएसको २ लाख ८८ हजार ९०० रुपैयाँ थियो ।

यस्तो छ होण्डाका मोटरसाइकलहरूको नयाँ मूल्यसूची

सीबी हर्नेट २.० – ४ लाख ६४ हजार ९०० रुपैयाँ
सीबी युनिकर्न १५०- ३ लाख ८ हजार ९०० रुपैयाँ
एक्स ब्लेड – ३ लाख ५२ हजार ९०० रुपैयाँ
सीबी साइन एसपी डीएसएस – २ लाख ८६ हजार ९०० रुपैयाँ
सीबी साइन एसपी डीआरएस – २ लाख ७६ हजार ९०० रुपैयाँ
सीबी हर्नेट १६० आर – ३ लाख ५२ हजार ९०० रुपैयाँ
सीडी ११० ड्रिम – २ लाख ८ हजार ९०० रुपैयाँ
सीबी साइन डीएसएस – २ लाख ६७ हजार ९०० रुपैयाँ
सीबी साइन डीआरएस – २ लाख ७५ हजार ९०० रुपैयाँ


Back_to_top