निसान अरियाको सडकमै रेन्ज ४९० किलोमिटर

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानको अरिया पछिल्लो समयमा लन्च भएको विद्युतीय क्रसओभर मोडल हो । आरियामा ६६ र ९१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ ।

निसानले आरिया एसयूभीलाई सिंगल फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई ड्राइभिङ सिस्टमको साथ बजारमा ल्याएको छ । यसले सिंगल चार्जमा ४९० किलोमिटरसम्म रेन्ज दिने इपीए रेन्ज टेष्टले प्रमाणित गरेको छ ।

अमेरिकी सरकारको इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीले गर्ने यो रेन्ज टेस्ट पछिल्लो समय सबैभन्दा उत्कृष्ट परीक्षण विधि मानिन्छ । इपीए रेन्जलाई ईभीले दिने रियल लाइफ रेन्जको रुपमा लिने गरिन्छ ।

निसान आरियाको इपीए रेन्ज टेस्ट सानो तथा ठूलो दुबै साइजको ब्याट्रीमा सिंगल ह्वील ड्राइभ र अलह्वील ड्राइभ भर्सनको फरक फरक गरेको थियो । उक्त टेस्ट अनुसार ६६ किलोवाट ब्याट्री प्याक भएको फ्रन्ट ह्वील ड्राइभको ३४७ किलोमिटर र अलह्वील ड्राइभको ३३० किलोमिटर रेन्ज पाउने देखिएको हो ।

त्यस्तै ९१ किलोवाट आवरको ब्याट्रीप्याक भएको फ्रन्ट ह्वील ड्राइभ भर्सनमा ४६५ देखि ४९० किलोमिटर इपीए रेन्ज प्रमाणित भएको छ । अलह्वील ड्राइभ भर्सनमा ९१ किलोवाट अवारको ब्याट्रीप्याक भएको ईभीले भने ४१३ देखि ४३८ किलोमिटर सम्मको इपीए रेन्ज दिएको हो ।


Back_to_top