एसयूभी चालक १६ फिट माथि उछिट्टिएपछि…

काठमाडौं । कुवेतका एक ३४ वर्षीय व्यक्तिले अनौठो कार दुर्घटनामा नजिकबाट आफ्नो मृत्युलाई अनुभव गरेको बताएका छन् । समुन्द्रको किनारमा लापरबाही गर्दै गाडी चलाउँदा ४/५ फिट माथिसम्म गाडी उफ्रेको थियो ।

टोयोटा एफजे क्रूजर एसयूभीलाई जथाभावी चलाउँदा झण्डै मृत्युको मुखमा पुगेका ती चालकलाई सामान्य चोटपटक मात्रै लागेको थियो । उक्त घटना क्यामेरामा कैद भएको थियो । चालकले यस्तो डरलाग्दो घटनामा जीवित हुन पाउँदा भाग्यमानी भएको बताए ।

बाहिर आएको भिडियो क्लिप कुवेतको अबु अल हसनिया समुन्द्री तटको हो । जहाँ चालकले समुन्द्रको पानी नजिकै एफजे क्रुजर चलाइरहेका हुन्छन् । सुरूमा, एसयूभी विस्तारै चलिरहेको गाडी एकाएक नियन्त्रण बाहिर पुग्छ । त्यसपछि ३/४ पटक गाडी गुल्टिन्छ ।

गाडी पल्टेर समुन्द्रको पानी भएको ठाँउमा पुग्दा ढोका खोलेर चालक बाहिर निस्कन्छन् । उनी बाहिर निस्कने क्रममा झण्डै १८ फिट माथि हावामा उडेको भिडियोमा देखिन्छ । त्यसपछि उनी उठेर पानीबाट बाहिर निस्केको देख्न सकिन्छ ।

अरब टाइम्सका अनुसार मुबारक अल–कवीर क्षेत्रका अधिकारीहरू घटनास्थलमा पुग्दा एसयूभी समुद्रमा थियो । त्यसपछि सरकारी टोलीले गाडी बाहिर निकालेर नियन्त्रणमा लिएको छ ।

निकै व्यस्त रहने यो समुन्द्री तटमा मानिसको उपस्थिति नभएको समय भएर ठूलो क्षति हुनबाट रोकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।


Back_to_top