हिरोका मोटरसाइकल २६ हजारसम्मले सस्तो, कुन मोडलको मूल्य कति ?

काठमाडौं । सिजी मोटर्सले हिरोका मोटरसाइकल पहिलेभन्दा कम मूल्यमा बिक्री गर्ने भएको छ । कम्पनीले मोडल अनुसार २६ हजारसम्म मूल्य घटाएर बिक्री सुरु गर्न लागेको हो ।

मेरोअटोले प्राप्त गरेको सूचना अनुसार सुपर स्प्लेन्डरको मूल्य २६ हजार रुपैयाँले घटाएर बिक्री सुरु गर्न लागेको हो । यसअघि २ लाख ६६ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको सुपर स्प्लेन्डरको मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो ।

सिजी मोटर्सले सार्वजनिक रुपमा अहिलेसम्म मूल्य बाहिर ल्याएको छैन । तर, बैशाख ३ गतेबाट बिक्री सुरु हुने मोटरसाइकलको मूल्यसूची डिलर नेटवर्कमा भने पठाएको छ ।

यही मूल्यसूचीका आधारमा डिलरहरुले बुकिङसमेत लिन थालेका छन् । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार ९०० रुपैयाँ तोकेको छ । यसअघि एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो । एक्सपल्स २०० फोर भी पहिलेभन्दा २ हजार सस्तो भएको छ ।

त्यस्तै कम्पनीले जुम स्कुटर पनि दुई भेरियन्टमा नेपाल ल्याउने छ । त्यसको मूल्य भीएक्स भेरियन्टको २ लाख ४९ हजार ९०० रुपैयाँ र जेडएक्स भेरियन्टको २ लाख ५९ हजार ९०० रुपैयाँ हुनेछ ।

आधिकारीक बितरक फेरिएपछि अन्योलमा रहेका पुराना डिलर र नयाँ डिलरहरुले मोटरसाइकल बुकिङ लिन सुरु गरेका छन् । लामो समयदेखि नेपालमा बिक्री बन्द भएको कारण हिरो एक्सपल्स २०० लगायतका मोडल खोज्ने धेरै उपभोक्ता भेटिन्छन् ।


Back_to_top