काठमाडौं । अमेरिकी अटोमोबाइल जाइन्ट फोर्डले चीनमा पहिलो इलेक्ट्रीक एसयूभी लन्च गरेको छ । कम्पनीले १०५.४ किलोवाट आवरको विशाल ठूलो ब्याट्री प्याकमा ब्रोंको मोडल सार्वजनिक गरेको हो ।
फोर्डले प्योर ईभी र एक्सटेन्डेड रेन्ज भर्सन गरेर दुई फरक पावरट्रेनमा ल्याएको ब्रोंकोको प्योर ईभी भर्सनले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिनेछ ।
यसको रेन्ज एक्सटेन्डेड भर्सनसँग १.५ लिटर टर्बो चार्ज्ड इन्जिन रहेको छ । यसमा ब्याट्री भने ४३.७ किलोवाट आवरको छ । यसलाई ब्याट्री र फुल ट्याङ्की पेट्रोलबाट १२२० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
फोर्डको लाइफ स्टाइल एसयूभी ब्रोंकोको लम्बाइ ५०२५ एमएम, चौडाइ १९६० एमएम र उचाइ १८२५ एमएम छ । निकै ठूलो एसयूभीको पछाडि टेलगेटमा स्पेयर टायर दिइएको छ ।
आधुनिक फिचरको लामो लिस्ट उपलब्ध एसयूभीको छतमा लाइडार दिइएको छ । साथै, विभिन्न स्थानमा प्रयोग भएको ३० भन्दा बढी रेन्सर र क्यामेराले सुरक्षासँगै लग्जरीमा नयाँ आयाम थपेको छ ।
छेन्दु अटो शो २०२५ मा पहिलो पटक प्रिअर्डर सुरु भएको ब्रोंको एसयूभीमा फोर्डले विभिन्न स्कीम पनि दिइरहेको छ ।

