फोर्डको अनौठो प्याटेन्ट दर्ता, छतमा ‘ब्याकअप’ ब्याट्री

काठमाडौं । विद्युतीय कार सहरी क्षेत्र वा हाइवे मात्र नभई अब अफरोड एसयूभीको रुपमा समेत उत्पादन हुन थालेका छन् । विश्वका ठूला पीकअप उत्पादकले अफरोड क्षमता भएका पीकअप बजारमा ल्याइसकेका छन् । अमेरिकी कम्पनी फोर्डदेखि टेस्लासम्मले इलेक्ट्रीक पीकअप उत्पादनमा काम गरिरहेका छन् ।

जीप र्याङ्लर, जीएमसी हमर, फोर्ड लाइटनिङ ट्रक र ब्रन्को जस्ता अफरोड भेहिकल प्योर ईभी टेक्नलोजीमा बन्न थालेका छन् । टेस्लाको साइबर ट्रक बजारमा आउन तयार भएर बसेको छ ।

अफरोड क्षमताका यस्ता साधनमा दिइएको ब्याट्रीको निश्चित रेन्ज हुन्छ । त्यसलाई समयमै रिचार्ज गर्न सकिएन भने यात्रा अधुरो हुन सक्छ । तर, लामो अफरोडमा चलाउन मिल्ने यस्ता ईभीको समस्या भनेको आफुलाई चाहिएको स्थानमा चार्जिङ सेन्टर नहुनुलाई प्रमुख समस्या मानिन्छ ।

यात्राको क्रममा आउन सक्ने यस्ता समस्या हल गर्नका लागि अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले नयाँ प्रविधिको विकास गरेको छ । कम्पनीले यस्तो अफरोडमा चल्ने ईभीको लागि रुफ माउण्टेड ब्याट्री प्याकको पेटेन्ट दर्ता गरेको हो ।

परम्परागत बक्स जस्तो देखिने रुफको र्याकमा फिट हुने यस्ता ब्याट्रीको प्रयोगबाट स्मार्टफोन पावर बैंकबाट चलाए जसरी नै काम गर्नेछ । यस्ता प्याक अप्सनल हुनेछन् । लामो अफरोड यात्रामा मात्रै आवस्यकता अनुसार यसलाई स्टल गर्न सकिने छ ।

यसरी छतमा दिइएको ब्याट्री प्याकलाई चार्ज गर्न गाडीमा दिइएको सामान्य चार्जरको प्रयोग गर्न सकिन्छ । गाडीमा रहेको मुख्य ब्याट्री पुरै डिस्चार्ज भएपछि ब्याट्री मेजेजमेन्ट सिस्टमले छतमा रहेको ब्याट्री प्याकवाट अटोमेटीक पावर लिन थाल्छ ।

फोर्डको यो पेटेन्ट दर्तासँगै यसको बारेमा बहस पनि सुरु भएको छ । लिथियम आयोन ब्याट्रीको तौल धेरै हुने भएकोले छतमा धेरै तौल राखेर अफरोड यात्रा कठिन हुने धेरैले अनुमान गरेका छन् । यो टेक्नोलोजी विकासकै चरणमा रहेको कारण यसको पफर्मेन्स कस्तो हुन्छ अहिल्यै भन्न सकिने कुरो भएन ।


Back_to_top