सर्वाधिक सफल तीन पावरफुल नेकेड मोटरसाइकल, मूल्य र फिचरसहित

काठमाडौं । युवाहरुको रोजाईमा पर्ने पावर फुल मोटरसाइकल नेपाली बजारमा बिभिन्न कम्पनीहरुले बिक्री गर्दै आएका छन् । विशेषत मूल्य, पावर लुक्स र डिजाइनले सधै युवाहरुलाई खिच्ने गर्छ ।

युवाहरु मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउने गर्छन् । लामो यात्रा गर्ने भएपनि नेपालमा युवाले क्रुजर मोटरसाइकल छनोट गर्दैनन् । नेपालमा नेकेड मोटरसाइकल नै धेरै मन पराउने गरेको पाइन्छ ।

यसरी लामो यात्रा गर्न रुचाउने युवाहरुको रोजाइमा बजाज पल्सर एनएस २००, यामाहा एफजेड २५ र टीभीएस आरटीआर २०० ४ भी जस्ता मोटरसाइकल पर्ने गरेको छ ।

यी तीन मोटरसाइकल पावर, डिजाइन, मूल्य तथा पर्फमेन्समा एकअर्काका प्रतिस्पर्धी मोडल रहेका छन् । मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउने युवा वर्गको रोजइमा पर्न सफल यी मोटरसाइकहरु तुलनात्मक भिन्नता यस्तो रहेको छ ।

इन्जिन

पल्सर एनएनस २०० मा १९९.५ सीसी लिक्वीड कुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ९५०० आरपीएममा २३.१७ बीएच पावरका साथै ८००० आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ ।

यसमा सेल्फ स्टार्ट मेकानिज्म र ६ स्पीड गियरबक्स दिइएको छ भने, वेट मल्टी डिस्क हाइड्रोलिक क्लच लगाइएको छ ।

यामाहा एफजेड २५ मा सिंगल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ८००० आरपीएममा २०.६ बीएच पावरका साथै ६००० आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स र वेट मल्टी डिस्क हाइड्रोलिक क्लच दिइएको छ ।

त्यसैगरी, टीभीएस अपाची आरटिआर २०० फोर भीमा फोर भल्भ, कार्बुरेटर इन्जिन लगाइएको छ । यसले ८५०० सय आरपीएममा २०.२ बिएच पावरका साथै ७००० आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ । यसमा ५ स्पीड गियरबक्स र एआरटी स्लिपर क्लच रहेको छ ।

माइलेज र टपस्पीड क्षमता

पल्सर एनएनस २०० र टीभीएस अपाची आरटिआर २०० फोर भीमा समान १२ लिटर इन्धन क्षमताको इन्धन ट्यांकी लगाइएको छ । भने यमाहा एफजेड २५ मा १४ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।

पल्सर एनएनस २०० ले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा १३६ प्रतिकिलोमिटर रहेको छ । यस्तै, यमाहा एफजेड २५ को टपस्पीड क्षमता प्रतिघन्टा १४३ किलोमिटर रहेको छ । यसले प्रतिलिटर ३० किलोमिटर माइलेज दिन्छ ।

त्यसैगरी टीभीएस अपाची आरटिआर २०० फोर भीको टपस्पीड क्षमता प्रतिघन्टा १३५ किलामिटर रहेको छ भने, माइलेज ३२ किलोमिटर प्रति लिटर रहेको छ ।

डायेमेन्सन र तौल

पल्सर एनएनस २००को तौल १५२ केजी रहेको छ । यसको लम्बाइ २०१७ एमएम, चौडाई ८०४ एनएम र उचाई १०७५ एमएम रहेको छ । यसमा १३६३ एमएम को ह्वीलवेश र १६७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०५ एमएम रहेको छ ।

यस्तै, यामाहा एफ जेड २५ को तौल १४८ केजी, लम्बाई २०१५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७५ एमएम रहेको छ । १३६० एमएमको ह्वीलवेश दिइएको मोटरसाइकलमा ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । यसको सिट हाइट ७९५ एमएम रहेको छ ।

टीभीएस अपाची आरटिआर २०० फोर भीको तौल १४९ केजी, लम्बाई, २०२० एमएम, चौडाई ७९० एमएम र उचाई ११०५ एमएम रहेको छ । १३५३ एमएम ह्वीलवेश भएको मोटरसाइकलमा १८० एमएम ग्राउन्ड क्लियरेन्स र ८०० एमएम सिट हाइट रहेको छ ।

चेसिस सस्पेन्सन, टायर र ब्रेक

पल्सर एनएनस २०० मा प्रेश स्टिल प्रेमिटर फ्रेमको चेसिस दिइएको छ । यसको फ्रन्ट साइडमा टेलिस्कोपिसँगै एन्टी फ्रिक्शन बुश सस्पेन्सन र रियरमा निक्ट्रोक्स मनोशक एब्जर्बर दिइएको छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको पेटल डिस्क विथ फ्लटिंग क्लापिलर ब्रेक दिइएको छ । यसमा सिगंल च्यानल एबीएस समेत उपलब्ध रहेको छ ।

यामाहा एफजेड २५ मा डायमन्ड चेसिस, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म दिइएको छ । यसको फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएम हाइड्रोलिक सिंगल डिस्क ब्रेक लगाइएको छ । कम्पनीले डबल च्यानल एबीएस सहित केहि समय अगाडी नेपाली बजारमा भित्र्याएको छ ।

टीभीएस अपाची आरटिआर २०० फोर भीमा डबल क्राडल स्प्लिट स्क्रान्को स्टिफ फ्रेम लगाइएको छ । फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक दिइएको छ । तीन ओटै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । २०० फोर भीको फ्रन्टमा २७० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

विशेषता

तीन ओटै मोटरसाइकलमा एलइडी लाइट दिइएको छ । पल्सर एनएनस २०० मा रोड ग्रिप प्रदान गर्ने रियर टायर, एग्रेशिभ र मस्कुलर लुक, ब्यालेन्स र स्टेबिलीटीको फिचर दिइएको छ । यसमा एनालग टेकोमिटर र अन्य दुई मोटरसाइकलमा डिजीटल टेकोमिटर दिइएको छ ।

यामाहा एफजेड २५ र टीभीएस अपाची आरटिआर २०० फोर भी मा फ्युल वार्निङ इन्डिकेटर दिइएको छ । तीन ओटै मोटरसाइकलमा फ्युल गेज, पिलीयन ग्राबेल, इन्जिन किल स्विच, क्लक, डिजीटल ट्रिप मिटर टाइप, ट्रिपमिटर काउन्ट र पास लाइट दिइएको छ ।

मूल्य

बजाज एनएस २०० को मूल्य ३ लाख ५६ हजार ९०० रुपैयाँ रहेको छ भने यामाहा एफजेड २५ को मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै टीभीएस अपाचे आरटीआर २०० ४ भी को मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top