भेस्पा अप्रिलियाको शोरुम टेकुमा, यस्ता छन् छुट तथा सुबिधा

काठमाडौं । नेपालमा इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले विहिवार टेकुमा सम्पूर्ण सुबिधायुक्त शोरुमको उद्घाटन गरेको छ । कम्पनीले थ्री एस सुबिधा सहितको शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन कम्पनीका उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगड गरेका हुन् । सोही कार्यक्रममा ६ जना  ग्राहकहरूलाई स्कुटरकाे चाबीसमेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले कोभिड–१९ लक्षित ‘न्यु नर्मल कोभिड १९’ योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५ हजार नगद छुट र सून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सिकने स्कीम रहेको छ । यसका साथै भेस्पा र अप्रिलियाको आधिकारिक हेल्मेट, फुटम्याट, स्कुटर कभर, किरिङ उपहार स्वरुप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

ग्राहकको सुबिधा लाइ मध्येनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कुटर खरिद गर्न सकिने र ग्राहकले चाहेको स्थानमा डेलिभरी गराउने समेत जनाएको छ ।


Back_to_top