‘जी-२० समिट’का लागि ४५० लग्जरी कार जुटाउँदै भारत

काठमाडौं । शक्ति राष्ट्रहरुको सम्मेलनको तयारी गर्नु आफैँमा निकै चुनौती पूर्ण मानिन्छ । त्यसमा आउने विश्वका २० शक्ति राष्ट्रका प्रमुखदेखि अन्य डलिगेटको लागि आवश्यक तयारी गर्नु कम्ती चुनौती पूर्ण हुँदैन ।

त्यसमा पनि यस पटक जी-२० समिट भारतमा आयोजना हुँदैछ । भारत लग्जरी कारको लागि त्यति ठूलो बजार होइन । भारत सरकारले किन्ने गाडी खासै धेरै लग्जरी हुँदैनन् । त्यसैले समिटकै लागि ४५० वटा लग्जरी कार जुटाउन भारत सरकार लागि परेको छ ।

आगामी सेप्टेम्बर ९ र १० तारिखमा हुन लागेको जी-२० समिटका लागि भारतभरबाट लग्जरी कारहरु दिल्ली ल्याउन थालिएको समाचारहरु आएका छन् । इकोनमिक्स टाइम्सका अनुसार करिब एक हजार उच्च तहका प्रतिनिधिको लागि लग्जरी कार उपलब्ध गराउन लागिएको हो ।

जी–२० समित भारतले केही समय अगाडि तयार पारेको प्रगति मैदानमा हुन लागेको हो । त्यसको लागि विभिन्न देशबाट आउने डेलिगेट्स दिल्लीमा जम्मा हुन थालेका छन् ।

यी पाहुनाकै लागि भारत सरकारले मुन्बई, पंजाब, जयपूर, चण्डीगढ तथा आग्रा जस्ता सहरबाट लग्जरी कार जम्मा गर्न लागिएको हो । भारतका प्रमुख रेन्टल कम्पनीबाट बिभिन्न ब्राण्ड ४५० कारहरु जम्मा गरिने छ ।

लग्जरी कारहरु बीएमडब्लु ५ सिरिज, अउडी, मर्सिडिज ई-क्लास, मेव्याक तथा जीएलएस, इनोभा क्राइस्टा जस्ता कारहरु जम्मा गर्न लागिएको हो ।


Back_to_top